कारोबार


बर्दियामा मनाइयो धान दिवस: कृषिमन्त्रीले यसरी राेपे धान (भिडियाे)

बर्दियामा मनाइयो धान दिवस: कृषिमन्त्रीले यसरी राेपे धान  (भिडियाे)

नेपालखबर
असार १५, २०७६ आइतबार १०:३७,

 सरकारले १६औँ धान दिवस यो पटक बर्दियाको राजापुरमा मनाएको छ। धानखेतीमा प्रविधि र यन्त्रीकरण, चामल आयातमा न्यूनीकरण भन्ने मूल नारासाथ धान दिवस मनाइएको हो। दिवसको कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले राजापुरमा ट्रयाक्टर जोतेर र धान रोपेर उद्घाटन गरेका हुन्।

मन्त्रालयमातहतको बाली विकास तथा जैविक विविधता संरक्षक केन्द्रको आयोजनामा कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री खनालले नेपालको कृषि अझै पनि आकर्षणको केन्द्र बन्न नसकेकोले दक्ष युवा विदेशिएको बताए।

dhan dibas 5

उनले कार्यक्रममा भने, ‘२५ लाख युवा खाडी मुलुकमा काम गर्छन्, जमिन बाँझो हुँदै गएको छ। त्यसैले सोच र कृषि प्रणालीमा सुधार गर्नुपर्छ। नत्र कृषिको हालत यस्तै हुन्छ।’ कृषिले एकै पटक लाखौं युवालाई रोजगारी दिने बताउँदै उनले कृषकको जीवनशैली बदल्नुपर्ने बताए।

dhan dibas 2

त्यसको लागि कृषियोग्य जमिनको खण्डीकरण गरी यन्त्रीकरण र आधुनिकीकरण गरिनुपर्ने उनको भनाइ छ। उनले भने, ‘समयमा मल बीउ र सिँचाइको राम्रो प्रबन्ध गर्नुपर्छ। सरकार त्यसको लागि प्रतिबद्ध छ। डेढ सय अर्बको आयात गर्दा १३ अर्ब मात्र निर्यात भएको बताउँदै उनले विदेशबाट आयातको माग भइरहे पनि उत्पादन बढाउन नसकेको स्वीकारे। देशमा सबै खाद्यान्न उत्पादन हुने भन्दै उनले त्यसको लागि राम्रो योजना र व्यवस्थापन हुनुपर्नेमा जोड दिए।

dhan dibas 4

मन्त्री खनालले विषादीयुक्त तरकारी आयातमा प्रतिबन्ध लगाउँदा आलोचना गरिनने गरेको सुनाउँदै भने, ‘तर जति नै आलोचना गरे पनि स्वास्थ्य प्रमाणपत्र नभएका खसी बोका र तरकारी आयात हुन दिँदैनौँ।’ उनले फर्मलिन हालेका माछा खान आवश्यक नरहेको बताए।

dhan dibas 6

२०६१ साल्देखि धान दिवस मनाउन थालिएको हो। नेपालमा ५६ लाख मेट्रिक टन धान उत्पादन हुन्छ। सात अर्बको पराल मात्र उत्पादन हुन्छ। र पनि २७ अर्बको धान आयात भएको छ।

dhan dibas 7

कृषि विभागका अनुसार नेपालमा अहिले १ लाख २५ हजार हेक्टरमा चैते धान उत्पादन हुने गरेको छ। त्यसलाई बढाएर ४ लाख हेक्टर पुर्याउने हो भने पनि आयात गर्न नपर्ने कृषि विभागको तथ्याङ्कले देखाएको छ।

dhan dibas 8

भिडियाे हेर्नुहाेस् 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad