ad ad

कारोबार


सीएफआरडीको सहयोगमा तारकेश्वरमा विद्यार्थीले  उत्पादन गरे बेमौसमी तरकारी

सीएफआरडीको सहयोगमा तारकेश्वरमा विद्यार्थीले  उत्पादन गरे बेमौसमी तरकारी

नेपालखबर
पुस २५, २०८० बुधबार १४:५५, काठमाडौँ

ग्रामीण विकासका लागि चिनियाँ फाउन्डेसन (सीएफआरडी) ने नेपालमा सुरु गरेको ‘द फर्स्ट सस्टेनेबल डेभलपमेन्ट एक्सपेरिमेन्टल भिलेज इन नेपाल’ कार्यक्रमअन्तर्गत तारकेश्वर नगरपालिकामा उत्पादित तरकारीको बिक्री थालिएको छ। 

गत मे २९ मा सीएफआरडीले उक्त कार्यक्रम सार्वजनिक गरेको थियो। त्यसअन्तर्गत कृषिमा अफसिजन सीपमूलक तालिम, पूरै गाउँको पानी प्रणाली, पान्डा प्याक परियोजना र स्माइलिङ चिल्ड्रेन परियोजना सञ्चालन गरिएको थियो। 

सो कार्यक्रमअन्तर्गत ४० विद्यार्थीले अफसिजन (बेमौसमी) तरकारी खेतीको तालिम लिएका थिए। यसलाई चिनियाँ जनता र इन्लाई फाउन्डेसनले सघाएको थियो भने चोङचिङका विज्ञहरुले मार्गदर्शन गरेका थिए। 

यसअन्तर्गत ३ सय किलो काउली, ५ सय किलो साग, १४० किलो गोलभेँडा, सय किलो आलु र सय किलो अन्य तरकारीहरु बिक्री भएको हो।

एक कार्यक्रम गरी उत्पादित तरकारीको बिक्री गरिएको हो। कार्यक्रममा तारकेश्वर २ र ३ का स्थानीय नेता, नगर कृषि विभागका प्रमुख, बागमती प्रदेश कृषि महासंघका अध्यक्ष, स्थानीय बिक्रेतालगायत उपस्थित थिए। 

तस्बिरहरू 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .