कारोबार


पेट्रोलियम डिलर एसोसिएसन भन्छ : लाइसेन्स लिँदाको विनियमावलीअनुसार पम्प सञ्चालन गर्न पाउनुपर्छ

पेट्रोलियम डिलर एसोसिएसन भन्छ : लाइसेन्स लिँदाको विनियमावलीअनुसार पम्प सञ्चालन गर्न पाउनुपर्छ

नेपालखबर
पुस २२, २०८० आइतबार १६:१७, काठमाडौँ

काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका पेट्रोल पम्पहरु मापदण्डअनुसार सञ्चालन गर्न भन्दै पठाएको पत्रलाई लिएर छलफल सुरु भएको छ।

नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसन लगायतका सम्बन्धित संस्थ र व्यवसायीहरुको छलफल काठमाडौंमा शुरु भएको हो। आइतवार छलफलका क्रममा नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले गत हप्ता काठमाडौं महानगरपालिकाले पम्पहरुको विषयमा सुरक्षा, सुन्दरता र शौचालयको विषयलाई लिएर पठाएको पत्रबारे व्यवसायीहरुबीचमा छलफल शुरु भएको बताए।

उनले महानगरपालिकाले उपत्यकाका पम्पहरु सानो भएको र मापदण्डअनुसार नरहेकाले मापदण्डअनुसार बनाउन भन्दै पत्राचार गरेकोबारेमा छलफल गरेको बताए। उनले अहिलेको विनियमाली बन्नु भन्दा पहिला नै बनेको पेट्रोल पम्पहरु रहेकाले ती पेट्रोलपम्पहरु हटाउने नभइ सुरक्षित र व्यवस्थित बनाउनुपर्ने बताए।

उनले आफूहरुले पम्प सञ्चालनका लागि विनियमावलीमा टेकेर लिएको लाइसेन्सअनुसार पम्प सञ्चालन गर्न दिनुपर्ने बताए। उनले पम्पमा विनियमावलीअनुसार शौचालय राख्ने र सो शौचालय सार्वजिनक शौचालयको रुपमा रहनुपर्ने कुरालाई आफूहरुले स्वीकार गर्न नसक्ने बताए। उनले शौचालय आफ्ना उपभोक्ताहरुले मात्रै प्रयोग गर्न पाउने बताए।

उनले भने, ‘यो विनियमावली बन्नु भन्दा अगाडिका पम्पहरु भएकाले यो जग्गा बाहेक अरु कुराका लागि उपभोक्तालाई हितमा हेरेर उपभोक्तालाई मध्यनजर गरी सुन्दरता, सरसफाईका कुराहरु, वातावरणीय कुराम समस्या भएन। शौचालयको विषयमा हाम्रो सेवाग्राहीहरुले हाम्रो ग्राहकहरुले प्रयोग गर्न पाउने गरीकन शौचालय हामीले प्रबन्ध गर्नुपर्छ।’

अध्यक्ष प्रधानले महानगरपालिकाले आफूले लाइसेन्स लिँदाको विनियमावलीअनुसार पेट्रोल पम्प सञ्चालन गर्न दिनेकुरामा हस्तक्षेप गर्न नसक्नेमा आफूहरु विश्वस्त रहेको बताए।

‘पेट्रोलियम पदार्थ विक्रेता नियमावली २०७५ (प्रथम संशोधनसहित)’ अनुसार काठमाडौं र ललितपुर महानगरपालिकाभित्र पेट्रोल पम्प सञ्चालन गर्न ७५० वर्ग मिटर वा १ रोपनी ८ आना क्षेत्रफल भएको जग्गा आवश्यक पर्ने मापदण्डमा उल्लेख छ।

यसमा सडक तर्फको मोहडा कम्तीमा २० मिटर हुनुपर्छ। भौतिक पूर्वाधारसहित विक्रीस्थलको मापदण्ड पूरा भएको हुनुपर्छ।

बिक्री स्थलको भित्र ३ तर्फ पम्प बिल्टअप लेवलबाट १.२० मिटर अग्लो सिमेन्टको जोडाईमा ईट्टा वा ढुङ्गाको पर्खाल लगाएको र त्यसमाथि ०.९० मिटर अग्लो चेनलिङ्क फेन्सिङ्ग लगाएको हुनुपर्छ। रिफ्युलिङ्ग जोनको सेड, सतही ढल, रोड सेफ्टी कर्ब स्टोन एजिङ्ग, वफर स्ट्राईप, डिस्पेन्सिङ्ग पम्प जडान लगायतका संरचना तथा पूर्वाधार हुनुपर्छ।

पेट्रोलियम पदार्थको बिक्री क्षेत्र, बिक्रीस्थलको क्षेत्रफल तथा बिक्री स्थलमा उपलब्ध हुने पूर्वाधारको आधारमा बिक्रेताको मापदण्ड तोकिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad