एभरेष्ट बैंकले ‘इन्स्ट्यान्ट भ्वाइस पेमेन्ट नोटिफिकेसन’ सेवा सुरु गरेको छ।
बैंकले बिट्सक्राफ्ट प्रालिसँगको सहकार्यमा आफ्ना क्यूआर मर्चेन्टहरुका लागि ‘कोइली’का माध्यमबाट भुक्तानी भएको आवाजबाट जानकारी दिने सेवा सुरु गरेको हो।
कोइलीसँगै बैंकको ‘इन्स्ट्यान्ट अडिओ पेमेन्ट नोटिफिकेसन (आईपीएन) टर्मिनलबाट मर्चेन्टहरुले पेमेन्ट अलर्ट नेपाली, नेवारी, मैथिली, भोजपुरी वा अंग्रेजीमा पाउनेछन्।
क्यूआर स्क्यानमा गडबडी भएमा वा मेसेजबाट अलर्ट ढिलाइ हुनसक्ने आकलनसहित बैंकले कोइलीसँग सहकार्य गरेको बैंकले जनाएको छ।
36
Shares

प्रतिक्रिया