भारतका उद्योगपति गौतम अदानीका सम्बन्धमा हिन्डनबर्ग प्रतिवेदनपछि सुरु भएको अनुसन्धानसम्बन्धी निवेदनको सुनुवाइ गर्दै सर्वोच्च अदालतले बुधबार महत्त्वपूर्ण फैसला गरेको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार सर्वोच्च अदालतले सेबीको अनुसन्धानमा हस्तक्षेप गर्न अस्वीकार गरेको हो। तीन न्यायाधीशको इजलासले यो मुद्दामा फैसला सुनाएको हो।
लाइभ लका अनुसार भारतका मुख्य न्यायाधीश डीवाई चन्द्रचुडले भने, ‘सेबीको अनुसन्धानमा हस्तक्षेप गर्ने सर्वोच्च अदालतको अधिकार सीमित छ। सेबीले २२ मध्ये २० मामिलाको अनुसन्धान गर्यो। हामीले सेबीलाई बाँकी दुईवटा मुद्दामा आगामी तीन महिनाभित्र अनुसन्धान पूरा गर्न भनेका छौँ।’
सर्वोच्च अदालतले भनेको छ– सेबीबाट एसआईटी वा अन्य कुनै एजेन्सीलाई अनुसन्धान हस्तान्तरण गर्ने कुनै आधार छैन।
जनवरी २०२३ मा अमेरिकी फोरेन्सिक वित्तीय कम्पनी हिन्डनबर्गले अदानी समूहको बारेमा धेरै गम्भीर प्रश्नहरू खडा गरेको थियो।
अदानी समूहले यो रिपोर्टलाई अस्वीकार गरेको थियो।
यो रिपोर्ट आएपछि अदानी समूहको सेयरमा ठूलो गिरावट आएको छ।
यसैबीच सर्वोच्च अदालतको फैसलालाई व्यवसायी गौतम अदानीले सत्यको जित भनेका छन्।
सामाजिक सञ्जाल साइट एक्समा पोस्ट गर्दै गौतम अदानीले ‘सत्यमेव जयते’ लेखेका हुन्।
Shares

प्रतिक्रिया