कारोबार


बैंकिङ प्रणालीबाट २५ अर्ब लगानीयोग्य रकम खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट २५ अर्ब लगानीयोग्य रकम खिच्दै राष्ट्र बैंक

नेपालखबर
पुस १८, २०८० बुधबार ११:५८, काठमाडौँ

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता खिच्ने भएको छ।

बुधबार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत १४ दिनको लागि २५ अर्ब तरलता बैंकिङ प्रणालीबाट खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ। 

त्यसबाहेक पनि राष्ट्र बैंकले ५ वटा निक्षेप संकलन उपकरणमार्फत १ खर्ब बढी तरलता खिचेको छ। 

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि निरन्तर निक्षेप संकलन उपकरण बोलकबोल गर्दै आएको छ।

चालू आर्थिक वर्षमा निक्षेप संकलन उपकरणमार्फत २ खर्ब ८० अर्ब २५ करोड तरलता खिचेको राष्ट्र बैंकले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad