ad ad

कारोबार


कोरोनाले थलिएको पर्यटन ९५ प्रतिशतले उठ्यो, डिसेम्बरमै आए झण्डै १ लाख पर्यटक

कोरोनाले थलिएको पर्यटन ९५ प्रतिशतले उठ्यो, डिसेम्बरमै आए झण्डै १ लाख पर्यटक

फाइल तस्बिर


नेपालखबर
पुस १६, २०८० सोमबार १८:५, काठमाडौँ

कोरोनाले थिलोथिलो बनाएको नेपालको पर्यटन क्षेत्र लगभग ९५.७६ प्रतिशतले उठेको तथ्यांकले देखाएको छ। 

नेपाल पर्यटन बोर्डका अनुसार पछिल्लो समय उल्लेख्य संख्यामा पर्यटकीय भ्रमण हुनथालेको हो। 

बोर्डका प्रवक्ता मणिराज लामिछानेले सन् २०१९ को तुलनामा सन् २०२३ सकिँदासम्म पर्यटन क्षेत्र ९५.७६ प्रतिशतले ब्युँतिन सफल भएको बताए। 

उनका अनुसार सन् २०२३ को डिसेम्बरमा मात्रै ९६ हजार ५ सय ६८ जना पर्यटक नेपाल आएका हुन्। 

यस्तो संख्या सन् २०२२ मा ६७ हजार ९३२, सन् २०२१ मा २३ हजार ५५२, सन् २०२० मा ४ हजार २४२ र सन् २०१९ मा १ लाख ८ सय ६६ थियो। 

डिसेम्बरमा नेपालबाट १ लाख १ हजार ३० जना पर्यटक बाहिरिएको बोर्डले जनाएको छ। 

सबैभन्दा बढी भारत र चीनबाट आए 
यो अवधिमा नेपालमा सबैभन्दा धेरै घुम्ने संख्या भारतीयको छ। भारतबाट ३२ हजार ६९२ पर्यटक भित्रिँदा चीनबाट ७ हजार ३७० र अमेरिकाबाट ७ हजार २७ पर्यटक आएका छन्। 

यसबाहेक बंगलादेशबाट ५ हजार २०६, थाईल्यान्डबाट ४ हजार ५३४, बेलायतबाट ४ हजार २६७, अस्ट्रेलियाबाट ३ हजार ८३४, म्यानमारबाट २ हजार ५३३, दक्षिण कोरियाबाट २ हजार ३६३ र जापानबाट २ हजार ३३९ जना पर्यटक भित्रिएको बोर्डले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .