ad ad

कारोबार


सरकारलाई सुमनाको प्रश्न : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिक गर्ने ल्याकत छ?

सरकारलाई सुमनाको प्रश्न : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिक गर्ने ल्याकत छ?

फाइल तस्बिर


नेपालखबर
पुस १२, २०८० बिहिबार १२:२६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी संसद सुमना श्रेष्ठले एनसेल खरिद-बिक्रीबारे गठित छानबिन समितिको प्रतिवेदनलाई लिएर सरकारसँग प्रश्न गरेकी छन्।

सांसद श्रेष्ठले एनसेलबारे बनाइएको  छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने ल्याकत सरकारसँग छ? भनेर प्रश्न गरेकी हुन्। 

उनले वर्तमान प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरू समेत एनसेल सेयर खरिदकर्ताको घरमा बस्ने गरेकाले अध्ययन प्रतिवेदन सार्वजनिक हुनेमा आशंका व्यक्त गरेकी छन्। 

सरकारले विगतमा गरेका अध्ययनका प्रतिवेदन पनि लुकाइने गरेको उनले बताइन्। 

श्रेष्ठले नियामक निकायका रूपमा रहेको दूरसञ्चार प्राधिकरणले एनसेललाई काटेको पत्र फितलो रहेको पनि बताइन्। 

'प्राधिकरणले एनसेलको सेयर खरिद-बिक्री भएको हो भने यो कारबाही हुनुपर्छ भनेर पत्र काट्नु पर्‍थ्यो',  संसद श्रेष्ठले भनिन्, 'तर, प्राधिकरणले ध्यानाकर्षण मात्रै भएको भनेर पत्र पठाएको छ।'

नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले निर्णय गर्ने ठाउँमा भएका अधिकारी नै बिक्री हुने गरेकाले एनसेलले कर छल्ने आँट  गरेको बताए। 

सूचना प्रविधिमा ज्ञान भएका नेपालीले नै एनसेललाई फाइदा हुनेगरी काम गरेको उनले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .