ad ad

कारोबार


प्रधानमन्त्रीले गरे सुनसरीमा देशकै दोस्रो ठूलो विद्युत सबस्टेसनको उद्घाटन (तस्बिर)

प्रधानमन्त्रीले गरे सुनसरीमा देशकै दोस्रो ठूलो विद्युत सबस्टेसनको उद्घाटन (तस्बिर)

नेपालखबर
पुस ६, २०८० शुक्रबार ११:१०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्मित नेपालकै दोस्रो ठूलो विद्युत सबस्टेसनको उद्घाटन गरेका छन्। 

नेपाल विद्युत प्राधिकरणले भोक्राहामा निर्माण गरेको  ४००/ २२०/१३२/३३ के.भी. सबस्टेसनको शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डले रिबन काटेर उद्घाटन गरेका हुन्।

विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण अन्तर्गत प्राधिकरणले भोक्राहामा सबस्टेसन निर्माण गरेको हो। कार्यक्रममा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको सहभागिता छ।

ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस)मा आधारित स्वचालित यो सबस्टेसन धनुषाको ढल्केबरपछिको देशकै दोस्रो ठूलो विद्युत् सबस्टेसन हो।

यो सबस्टेशनबाट मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगहरुलाई थप विद्युत दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सहयोग पुग्ने प्राधिकरणका अधिकारीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .