ad ad

कारोबार


अर्थमन्त्री महत भन्छन् : अर्थतन्त्रमा रातारात सुधार सम्भव हुँदैन

बजेट खर्चमा समस्या देखिएको भनाइ
अर्थमन्त्री महत भन्छन् : अर्थतन्त्रमा रातारात सुधार सम्भव हुँदैन

फाइल तस्बिर


नेपालखबर
मंसिर २७, २०८० बुधबार ११:४७, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिलेको अवस्थामा देशको अर्थतन्त्रमा रातारात सुधार सम्भव नरहेको बताएका छन्।

 वर्तमान आर्थिक अवस्थाकाबारेमा जानकारी दिने उद्देश्यले बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकारहरूसँगको संवादमा महतले यस्तो  भनेका हुन्। 

‘सरकारको ढुकुटीमा चाप छ। बाह्य ऋण र खर्च व्यवस्थापनका कारण चाप देखिएको हो’, उनले भने, ‘मौद्रिक नीति संशोधनका लागि पहल गरिएको छ। अब आर्थिक अवस्था सुधार गर्न खोजिएको छ।’ 

महतले राजस्वको अवस्थामा पनि सुधारोन्मुख रहेको बताउँदै ब्याजदर कम हुँदै जाने देखिएको उल्लेख गरे। 

‘समग्रमा आर्थिक अवस्था सुधार भइरहेको छ। रातारात हुने कुरा त होइन। विस्तारै सुधार भइरहेको छ’, उनले भने, ‘हामीमाझ संरचनात्मक समस्या भने छन्।’

महतले बजेट खर्चमा समस्या रहेको स्वीकारे। ‘आर्थिक वृद्धि  हने क्षेत्रमा  लगानीमा बढाइने छ’, उनले भने, ‘त्यसमा जलविद्युत् र आईटी क्षेत्र हुन्। कृषिको विकासमा पनि जोड दिइरहेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .