ad ad

कला


मानव अधिकार चलचित्र महोत्सव : ‘नो विन्टर होलिडेज’ले जित्यो उत्कृष्ट फिचर डकुमेन्ट्री अवार्ड

मानव अधिकार चलचित्र महोत्सव : ‘नो विन्टर होलिडेज’ले जित्यो उत्कृष्ट फिचर डकुमेन्ट्री अवार्ड

नेपालखबर
मंसिर २७, २०८० बुधबार ११:४९, काठमाडौँ

राजन कठेत र सुनिल पाण्डेको ‘नो विन्टर होलिडेज’ ले उत्कृष्ट फिचर डकुमेन्ट्री अवार्ड जितेको छ। फेस्टिभलको ११ औं संस्करणको समापन समारोहमा ‘नो विन्टर होलिडेज’ ले अवार्ड जितेको हो।

विभिन्न फिल्म फेस्टिभलमा पुगेको यो डकुमेन्ट्री नेपालमा पहिलोपटक प्रदर्शन गरिएको थियो। त्यस्तै, सर्ट फिल्मतर्फ आकांक्षा कार्कीको ‘सनाई’ले ‘बेष्ट न्यारेटिभ’ अवार्ड हात पारेको छ। 

उत्कृष्ट सर्ट डकुमेन्ट्रीतर्फको अवार्ड भने नेपालका एलएसएम र सहयोगराज अधिकारीको ‘यात्रा’ले जितेको हो। 

उत्कृष्ट सर्ट डकुमेन्ट्री इन्टरनेशनलतर्फको अवार्ड भने स्पेनका जुलेन जुबिटको ‘अ माउण्टेन अफ मेमोरिज’ले हात पारेको छ । त्यस्तै महोत्सवमा उत्कृष्ट नेपाली महिला निर्देशकको अवार्ड ‘एज अफ लर्निङ’बाट शुभांगी खड्काले पाएकी छिन। 

उत्कृष्ट छोटो कथानक अन्तर्राष्ट्रियतर्फको अवार्ड जर्मनका जवाहिन जेनिटारको ‘अन माई फादर ग्रेभ’ले पाएको छ। त्यस्तै उत्कृष्ट कथानकका लागि बेलायतको एल्हम एहसासको सर्ट फिल्म ‘येल्लो’लाई र फिचर डकुमेन्ट्रितर्फ सौरभ कान्ति दत्तको ‘फतिमा’लाई जुरी मेन्सन अवार्ड प्रदान गरियो। 

महोत्सवमा विश्वभरबाट खुल्ला आवेदनबाट संकलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन लगायतका नेपालसहित  २७ देशका ५४  वटा चलचित्रहरु देखाइएको थियो। 

महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई थिए। 

मंसीर २३ गतेबाट सुरु भएको महोत्सव नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डमा चार दिनसम्म चलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .