ad ad

कारोबार


एनआईसी एसिया बैँकले घटायो ब्याजदर, कुन खातामा कति?

एनआईसी एसिया बैँकले घटायो ब्याजदर, कुन खातामा कति?

नेपालखबर
मंसिर २४, २०८० आइतबार ११:१३, काठमाडौँ

एनआईसी एसिया बैँकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैँकले पुस १ गतेदेखि नै लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो।

बैँकले मंसिरको तुलनामा पुसमा बैँकले ब्याजदर घटाइएको जनाएको छ।
 
बैँकले व्यक्तिगत मुद्दति निक्षेपमा मंसिर महिनामा अधिकतम ८ दशमलव ९७ प्रतिशत ब्याज दिंदै आएको थियो। पुसमा त्यसलाई घटाएर ८ दशमलव ६७ प्रतिशत ब्याज दिने बैँकले जनाएको छ। 

मुद्दतिमा न्यूनतम ७ प्रतिशतसम्म ब्याज दिने बैँकले जनाएको छ। 

बैंकले संस्थागत मुद्दति निक्षेपमा ५ दशमलव ५० देखि ६ दशमलव ६७० प्रतिशतसम्म ब्याज दिने जनाइएको छ। बैंकले बचतमा ४ दशमलव ४५ प्रतिशत ब्याज दिने जनाएको छ।

बैँकले पछिल्लो आधारदर १० दशमलव ७० प्रतिशत रहेको छ। बैँकबाट कर्जा लिँदा आधारदरमा अधिकतम ३ प्रतिशत प्रिमिमय थपेर १३ दशमलव ७० प्रतिशतमा कर्जा दिइने बैँकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .