कारोबार


त्रिभुवन विमानस्थलबाट बरामद १४ किलो सुन ‘विशुद्ध’

त्रिभुवन विमानस्थलबाट बरामद १४ किलो सुन ‘विशुद्ध’

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार २०:२३, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार राति बरामद भएको १४ किलो सुन ‘विशुद्ध’ भएको पाइएको छ। भन्सार विभागका अनुसार बरामद सुरुनलाई ईडीएक्स उपकरण (एक्सरे) मा परीक्षण गरिएको थियो। 

परीक्षणपश्चात उक्त सुन सबै विशुद्ध भएको भन्सार विभागले विज्ञप्ति जारी गरेर जानकारी गराएको छ। 

परीक्षणपछि उक्त सुन विमानस्थल भन्सार कार्यालयमा फिर्ता गरिएको पनि विभागले बताएको छ। 

फ्लाई दुबईको उडान नं एफजेड ५७३ बाट आएका राहदानी नं पीए ०१४५४८८ भएका नेपाली नागरिक चन्द्र घलेको साथबाट उक्त परिमाणको  सुन बरामद भएको थियो।

पक्राउ परेका घलेले यसअघि पनि दुबईबाट पटक–पटक सुन भित्र्याएको प्रहरीको अनुमान छ। उनी यो वर्ष सन् २०२ ३ मा मात्रै ५ पटक दुबई ओहोर(दोहोर गरेको पाइएको छ।

उनी नेपालबाट दुबई पुगेको तीन दिनमै फर्किएका छन्। पछिल्लो एक वर्षयताको रेकर्ड अनुसार उनी पहिलो पटक गत माघमा दुबई पुगेको तथ्य फेला परेको छ।

भन्सार कार्यालयले यसको छानबिनका लागि प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको छ। 

सम्बन्धित समाचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad