सिप्रदी अटोपार्टस प्रा.लि ले सुदूरपश्चिमको धनगढीमा टाटा गाडीहरुसँग सम्बन्धित मेकानिक्स तथा पार्टस वितरकहरुको भेला आयोजना गरेको छ।
यसको प्रमुख उद्देश्य टाटाका सामानहरू सही तथा सक्कली प्रयोग गर्ने र ग्राहकहरुलाई अधिकतम फाईदा उपलब्ध गराउने रहेको कम्पनीले जनाएको छ।
यो कार्यक्रममा सिप्रदी अटोपार्टसका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले सक्कली टाटा पार्टसको प्रयोग गर्नाको फाईदाहरुको बारेमा प्रकाश पारे। सो कार्यक्रममा करिब ५० जनाको उपस्थिती थियो।
साथै उत्कृष्ठ काम गर्ने टाटा गुरु तथा पार्टसका वितरकलाई उपहार सहित सम्मान गरिएको थियो।
कार्यक्रम सिप्रदी अटोपार्टसका क्षेत्रय प्रबन्धक डम्बर चन्दले गरेका थिए।
30
Shares

प्रतिक्रिया