ad ad

कारोबार


एनसेलले भन्यो : सेयरधनी परिवर्तन भएपनि सेवामा कुनै अवरोध हुँदैन

एनसेलले भन्यो : सेयरधनी परिवर्तन भएपनि सेवामा कुनै अवरोध हुँदैन

नेपालखबर
मंसिर १९, २०८० मंगलबार १८:५४, काठमाडौँ

एनसेलले सेयरधनी परिवर्तन भएपनि सेवामा कुनै अवरोध नहुने बताएको छ। एनसेलले एक सूचना जारी गर्दै सेयरधनी परिवर्तन भएपनि हाल प्रदान गरिँदै आएका सेवा र सुविधामा कुनै अवरोध नपर्ने उल्लेख गरेको हो।

कम्पनीले १८ वर्ष जसरी नै आगामी दिनमा पनि उत्साह र समर्पणका साथ गुणस्तरीय दूरसञ्चार सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ। एनसेलले कुल १ करोड ६० लाख प्रयोगकर्ता तथा साझेदार रहेको उल्लेख गरेको छ।

मलेसियन कम्पनी एक्जियटाले आफ्नो ८० प्रतिशत सेयर बिक्री गरेको छ। तर सेयर बिक्रीअघि नियामकलाई जानकारी नगराएको र कम मूल्यमा बेची कर छलेको विषयमा सरकारले अध्ययन गरिरहेको छ।

मंगलबार एनसेलले दूरसञ्चार प्राधिकरणलाई सेयर खरिद बिक्रीको जानकारी गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .