ad ad

कारोबार


विद्यार्थी संगठनद्वारा एनसेलको सेयर खरिद बिक्री प्रकरणमा छानबिन माग

विद्यार्थी संगठनद्वारा एनसेलको सेयर खरिद बिक्री प्रकरणमा छानबिन माग

नेपालखबर
मंसिर १९, २०८० मंगलबार ११:५६, काठमाडौँ

विद्यार्थी संगठनले एनसेलको सेयर खरिद विक्री प्रकरणमा छानबिनको माग गरेका छन्।

सत्तागठबन्धन निकट विद्यार्थी संगठनले एनसेल एक्जियटा लिमिटेडको केही महिनाअघि मात्रै बेलायतमा खुलेको कम्पनीमा स्वामित्व हस्तान्तरण भएको भन्दै छानविन माग गरेका हुन्।

मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनले प्रकरणप्रति छानबिनको माग गरेका हुन्।

नेपालले अनुचित कर निर्धारण गरेको र नेपालमा नियामक अनिश्चितता रहेको कारण नेपालबाट बाहिरिएको भन्ने अक्जियटाको आरोपले नेपालमा भित्रिने वैदेशिक लगानीलाई प्रत्यक्ष असर पर्ने संयुक्त विज्ञप्तिमा उल्लेख छ।

दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ट) बमोजिम चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी शेयर खरिद बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था भए पनि नियामक निकायलाई थाहा नै नदिई शेयर बिक्री गर्नु कानुन विपरित भएको विद्यार्थी संगठनको छ।

‘नेपालको कर प्रणाली छलेर भएको शेयर खरिद बिक्री वा हक हस्तान्तरणबारे नियामक निकायलाई जानकारी नदिने र ६ वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउने सुनिश्चित हुँदाहुँदै यसलाई असर पर्नेगरी अनुमति र स्वीकृति प्रदान गर्न निकायहरूले देखाएको उदासीनतामाथि गहिरो अनुसन्धानसहित कारबाहीको अपेक्षा गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा नेपाल विद्यार्थी संघका अध्यक्ष दुर्जाङ शेर्पा, अखिल त्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूकी अध्यक्ष आरती लामा, अखिल (त्रान्तिकारी), समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रमेश यादव र अखिल छैटौँका अध्यक्ष देवेन्द्र कुँवरले हस्ताक्षर गरेका छन्।

त्यस्तै, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) निटक विद्यार्थी संगठनले एनसेलको मुख्यालय लैनचौरमा खरिदबिक्रीमा चलखेल भएको भन्दै विरोध प्रदर्शन गरेका छन्। उनीहरूले आयव्यय सार्वजनिक गर, एनसेललाई राष्ट्रियकरण गर, विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर जस्ता प्लेकार्ड बोकेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .