ad ad

कारोबार


‘अर्थतन्त्रका चुनौति र समस्या स्वीकार गरी समाधान गर्न सरकार गम्भीर हुन आवश्यक’

‘अर्थतन्त्रका चुनौति र समस्या स्वीकार गरी समाधान गर्न सरकार गम्भीर हुन आवश्यक’

नेपालखबर
मंसिर १५, २०८० शुक्रबार १७:११, काठमाडौँ

व्यवसायीहरुले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या स्वीकार गरी समाधान गर्न सरकार गम्भीर हुन आवश्यक रहेको बताएका छन्।

शुक्रवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिक साधारण सभामा बोल्दै व्यवसायीहरुले सरकारसँग यस्तो माग गरेका हुन्।

व्यवसायीहरुले अर्थतन्त्र सुुधार गर्ने प्रमुख दायित्व सरकारको भएको बताए। उनीहरुले अर्थतन्त्रको सुधार गर्न केही संरचनागत सुधार गर्न आवश्यक रहेको पनि बताए। व्यवसायीहरुले सरकार,राष्ट्र बैंक र निजी क्षेत्र मिलेर बैंकको ब्याजदरको करिडोर कम गर्न आवश्यक रहेको बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अर्थतन्त्र समस्यामा छ भन्ने विषयलाई सरकारले स्वीकार गरेर समाधानको लागि गम्भिर पहल तत्काल थाल्न आवश्यक रहेको बताए। उनले अर्थतन्त्र समस्यामा छैन भन्दै गर्दा सरकारले जीडिपीको तथ्याङ्क किन सार्वजनिक नगरेको? भन्दै प्रश्न गरे।

उनले राष्ट्र बैंकले नियमनमा चासो बढाउँदै लैजाँदा माइक्रोम्यानेजमेण्टतर्फ आकर्षित भएको आरोप लगाए। उनले सामुहिक कर्जामा सुक्ष्म निगरानीका सम्बन्धमा केन्द्रिय बैंकले लगाएको अंकुशले अर्थतन्त्र र व्यवसायिक वातावरण प्रतिकुलतासँगै अव्यवहारिक रहेको बताए। उनले अर्थतन्त्र सुधारको विषयमा भगवान भरोसा नबस्न सरकारलाई आग्रह गरे।

उनले भने,‘अर्थतन्त्र समस्यामा छ भन्ने विषयलाई सरकारले स्वीकार गरी समाधानको लागि गम्भिर पहल थाल्नुपर्छ। अर्थतन्त्र समस्यामा छैन भन्ने हो भने सरकारले जीडिपीको तथ्याङ्क किन सार्वजनिक गरेको छैन। आर्थिक वर्ष २०७९/०८०मा वार्षिक वृद्धिदर २.१६ हुने अनुमान थियो। छ। राष्ट्र बैंकले नियमनमा चासो बढाउँदै लैजाँदा माइक्रोम्यानेजमेन्ट तर्फ आकर्षित भएको होकी भन्ने देखिएको छ। सामुहिक कर्जामा सुक्ष्म निगरानीका सम्बन्धमा केन्द्रीय बैंकले लगाएको अंकुशको अर्थतन्त्र र व्यवसायीक वातावरणको प्रतिकुलतासँगै अव्यवहारिक छ। यसबाट ठूला उद्योग व्यवसाय थप समस्यामा पर्ने छन्।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकार,राष्ट्र बैंक र निजी क्षेत्र मिलेर बैंकको ब्याजदरको करिडोरलाई घटाउन आवश्यक रहेको बताए। उनले तत्काल बैंकको ब्याजदर एकल अंकमा ल्याउन सकियो भने मात्रै मुलुकको अर्थतन्त्र चलायमान हुनसक्ने दाबी गरे।

उनले मुलुक विदेशबाट आउने रेमिट्यान्समा मात्रै रमाउनु नहुने भन्दै देशमा भएको प्राकृतिक स्रोत साधनलाई प्रवद्र्धन गरी उपभोग र निर्यात गर्ने विधिमा जान आवश्यक देखिएको बताए। उनले जलविद्युतको क्षेत्रमा नेपालको भविष्य राम्रो रहेको बताए।

उनले भने,‘सरकार,राष्ट्र बैंक र निजी क्षेत्र मिलेर बैंकको ब्याजदरको करिडोरलाई कसरी घटाउन सकिन्छ। सकेसम्म तत्काल बैंकको ब्याजदर एकल अंकमा ल्याउन सकियो भने मुलुकको अर्थतन्त्र चलायमान हुन्छ। मुलुक विदेशबाट आउने रेमिट्यान्समा मात्रै रमाउनु भएन। देशमा भएको प्राकृतिक स्रोत साधनलाई प्रवद्र्धन गरी उपभोग र निर्यात गर्ने विधिमा जानु पर्छ। जलविद्युतको क्षेत्रमा नेपालको भविष्य राम्रो छ। कतिपय ऐन र नियमका कारण प्रशस्त रुपमा निर्यात हुनसक्ने जडिबुटीहरु हुन सकेको छैन। १३ खर्बसम्म जडिबुटी जन्य वस्तुहरु निर्यात गर्नसक्ने सम्भावना रहेको छ। यसमा सरकारले विशेष ध्यान दिनुपर्छ।’

उनले राज्यका कतिपय ऐन र नियमका कारण प्रशस्त रुपमा निर्यात हुनसक्ने जडिबुटीहरु निर्यात हुन नसकेको बताए। उनले १३ खर्बसम्म जडिबुटीजन्य वस्तुहरु निर्यात गर्नसक्ने सम्भावना रहेको भन्दै यसमा सरकारले विशेष ध्यान दिन आग्रह गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .