ad ad

कारोबार


जावलाखेलको एडिडासलाई २ लाख जरिवाना

जावलाखेलको एडिडासलाई २ लाख जरिवाना

नेपालखबर
असोज ११, २०८१ शुक्रबार १७:३, काठमाडौँ

खरिद मूल्यभन्दा झण्डै दुईसय प्रतिशत मूल्य बढी राखेर जुत्ता र लत्ताकपडा बिक्री गर्ने ललितपुरको जावलाखेलस्थित एडिडास कम्पनीलाई दुई लाख जरिवाना गराइएको छ।

बिहीबार जिल्ला प्रशासन कार्यालय ललितपुर, उद्योग वाणिज्य कार्यालय लगायतको संयुक्त जिल्ला बजार अनुगमन समितिले जरिवाना तिराएको हो।

लेवल स्टोर प्रालिले सञ्चालन गरेको एडिडास र निको सोरुमले १५ हजार पर्ने जुत्तालाई झण्डै चालिस हजारमा बिक्री गरेको फेला पारेपछि  जरिवाना गराइएको जिल्ला प्रशासन कार्यालय ललितपुरका अधिकृत प्रदीप राईले जानकारी दिए।

उनका अनुसार, व्यापारीले खरिद मूल्यको २० प्रतिशतसम्म मूल्य राख्न पाउने भएपनि एडिडासले १ सय ८० प्रतिशत सम्म फाइदा राखेर बेचेको भेटिएको हो।

तीन दिनभित्र उद्योग तथा वाणिज्य कार्यालयमा जरिवाना रकम बुझाउन निर्देशन समेत दिइएको छ।

‘अचाक्ली मूल्य राखेर सेवाग्राहीलाई ठगी गरेको पाइएपछि २ लाख जरिवाना गराइएको छ,’ राईले भने, ‘एडिडासले जुत्ता, ट्राउजर आइटममा पनि धेरै बढीमा बेच्ने गरेको देखियो।’

यसैगरी एडिडाससँगै रहेको पेञ्जिया स्टोरलाई पनि २० हजार जरिवाना गरिएको उनले बताए। ‘लेडिज सामाग्री बेच्ने सो स्टोरले व्यापार अनुमतिपत्र नवीकरण नगरेकोले जरिवाना गराइएको हो,’ राईले थपे।

दसैँ लाग्न थालेपछि संयुक्त बजार अनुगमन सक्रिय भएको छ। उसले दैनिक बजार अनुगमन गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .