ad ad

कारोबार


सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड कायम गर्दै, आज कतिमा भइरहेको छ कारोबार?

सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड कायम गर्दै, आज कतिमा भइरहेको छ कारोबार?

नेपालखबर
मंसिर १३, २०८० बुधबार १२:३७, काठमाडौँ

आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरि, तेजावी सुनको मूल्य भने प्रतितोला १ लाख १८ हजार ७५० रुपैयाँ कायम छ। 

मंगलबार सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। एकैदिन तोलामा १ हजार ६०० रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको हो।

सोमबार १ लाख १७ हजार ४०० मा कारोबार भएको सुनको मूल्य आइतबार १ लाख १६ हजार ९०० रुपैयाँ थियो। 

त्यसैगरि, मंगलबार १ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य प्रतितोला १ हजार ५२० मा पुगेको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ। 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २०४५.५४ डलरमा कारोबार हुँदा चाँदीको मूल्य प्रतिऔंस २४.९८ डलर पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .