ad ad

कारोबार


भैरहवाको मायादेवीमा एभरेष्ट बैंकको नयाँ एटीएम

भैरहवाको मायादेवीमा एभरेष्ट बैंकको नयाँ एटीएम

नेपालखबर
मंसिर ७, २०८० बिहिबार १८:४, काठमाडौँ

एभरेष्ट बैंकले भैरहवाको मायादेवी गाउँपालिका–३ मा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ। गाउँपालिका–३ मा रहेको जगदम्बा स्पिनिङ मिल्सको प्रांगणमा बैंकको नयाँ एटीएम उद्घाटन भएको हो। 

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र मिल्सका निर्देशक दिवस न्यौपानेले एटीएमको उद्घाटन गरेका हुन्। 

यो सँगै एभरेष्ट बैंकको एटीएम संख्या १ सय ६३ पुगेको बैंकले जनाएको छ। 

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत खालिङले मिल्समा कार्यरत मजदुर, कर्मचारी तथा स्थानीयवासीलाई यो सेवाले थप सहज हुने विश्वास व्यक्त गरे। 

मिल्सका निर्देशक न्यौपानेले बैंकले आफ्नो प्राङ्गणमा एटीएम सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे।

सोही अवसरमा बैंकले उक्त मिल्समा कार्यरत ५० भन्दा बढी मजदुरहरुलाई वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरेको छ। बैंकका तर्फबाट लुम्बिनी प्रदेश प्रमुख लव प्रसाद कुँईकेल, भैरहवा शाखाका शाखा प्रबन्धक ध्रुब प्रसाद आचार्य र अधिकृत अमित थापाले बचत गर्ने बानी तथा बचतको महत्व सम्बन्धी जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .