नेपालबाट चार महिनाको अवधिमा १ अर्ब १३ करोड रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिङ्कर भारत निर्यात भएको छ। सरकारले सिमेन्ट निर्यातमा अनुदान दिने घोषणा गरेसँगै सिमेन्ट तथा क्लिङ्कर निर्यात बढेको हो।
चार महिनामा क्लिङ्कर ५८ करोड ५७ करोड ५७ लाख रुपैयाँ र सिमेन्ट ५४ करोड ४९ लाख रुपैयाँको निर्यात भएको भन्सार विभागले जनाएको छ।
गत आर्थिक वर्ष नेपालबाट ७७ करोड रुपैयाँको सिमेन्ट तथा क्लिङ्कर भारत निर्यात भएको थियो। गत वर्ष क्लिङ्कर ४२ करोड र सिमेन्ट ३५ करोड रुपैयाँको निर्यात भएको थियो।
तत्कालिन अर्थमन्त्री जनादर्न शर्मा अर्थमन्त्री हुँदा सिमेन्ट उद्योगलाई अनुदान दिने निर्णय गरेसँगै सिमेन्ट निर्यात शुरु भएको थियो।
9
Shares
प्रतिक्रिया