ad ad

कारोबार


कात्तिकमा खस्कियो वैदेशिक व्यापार

कात्तिकमा खस्कियो वैदेशिक व्यापार

नेपालखबर
मंसिर ७, २०८० बिहिबार १४:२२, काठमाडौँ

कात्तिक महिनामा वैदेशिक व्यापार खस्किएको छ। चाडबाड लक्षित भएर वस्तु आयात र निर्यात बढ्ने आँकलन भएपनि कात्तिकमा वस्तु आयत र निर्यात दुबै कमजोर देखिएको भन्सार विभागले जनाएको छ।

असोजमा वैदेशिक व्यपार सुधार आए पनि पुन कात्तिक महिनामा कमजोर बनेको हो। 

गत आर्थिक वर्षदेखि नै वस्तु आयत कम भैरहेको र निर्यातमा समेत संकुचन आएको थियो। असोज महिनामा केही सुधार देखिँदा अर्थतन्त्र चलायमान बन्दै जाने आँकलन गरिए पनि कात्तिकमा भने तुलनात्मक रुपमा वैदेशिक व्यापार घटेको भन्सार विभागको तथ्यांक छ। 

चालू आर्थिक वर्षको ५ महिना अर्थात् कात्तिकसम्ममा कुल वैदेशिक व्यापार ५ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको भएको छ।  गत आर्थिक वर्षको यही अवधीमा ५ खर्ब ८७ अर्ब  रुपैयाँ बराबरको आयात भएको थियो।

कात्तिक सम्मको तथ्याङ्कमा वस्तु आयत ५ खर्ब १२ अर्ब रुपैयाँको भएको छ। जुन गत आर्थिक वर्षको तुलनामा ३ दशमलव ७९ प्रतिशत कम हो।

त्यस्तै वस्तु निर्यात ५० अर्ब ५६ करोड रुपैयाँ बराबरको भएको छ, जुन गत वर्षको तुलनामा ७ दशमलव ६८ प्रतिशत कम हो। 

असोज महिना सम्मको अवधीमा भने बैदेशिक व्यापार गत वर्षको तुलनामा १ दशमलव ३१ प्रतिशतले वृद्धि भएको थियो। 

गत आर्थिक वर्षको असोज सम्ममा ४ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको वस्तु व्यापार भएकोमा यो वर्षको असोज सम्ममा ४ खर्ब ४८ अर्ब रुपैयाँ बराबरको वस्तु व्यापार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .