ad ad

कारोबार


काठमाडौँमा पहिलोपटक विद्युतीय माइक्रो बस सञ्चालनमा

काठमाडौँमा पहिलोपटक विद्युतीय माइक्रो बस सञ्चालनमा

नेपालखबर
मंसिर ६, २०८० बुधबार २०:४६, काठमाडौँ

चौधरी ग्रुपअन्तर्गत सीजी मोटर्सले बिक्री वितरण गर्दै आएको विद्युतीय माइक्रोबसहरू काठमाडौंका विभिन्न रुटहरूमा सञ्चालनमा आएका छन्। 

बागमती प्रदेश सरकारको नीति तथा महानगरपालिकाको अवधारणाअनुसार पुराना डिजेल र ग्यासबाट चल्ने सार्वजनिक सवारीका साधन विस्थापित गरी विद्युतीयलाई बढावा दिन लागिएको हो।

सीजी मोटर्सका अनुसार, एउटा माइक्रो बसले दैनिक  १५० देखि २०० किलोमिटर चल्दा ५ हजारदेखि ७ हजार रूपैयाँको डिजेल खपत गर्छ। यस हिसाबले काठमाडौंमा सञ्चालनमा रहेका ३ हजार डिजेल माइक्रोबस विस्थापित हुँदा दैनिक २ करोड १० लाख रूपैयाँबराबरको डिजल बचत गर्न सक्छ।

विद्युतीय सवारी साधनको ब्याट्री र वारेन्टी डिजेल सवारीको तुलनामा दोब्बर रहेको सीजीको दाबी छ। सीजीले बिक्री वितरण गर्दै आइरहेको किङ्लङ माइक्रो बस १४ र १९ सिटर गरी दुई मोडेल नेपाली बजारमा उपलब्ध छन्।

यसमा सीएटीलद्वरा निर्मित ब्याट्रीको प्रयोग भएको छ र एकपटक फुल चार्ज गर्दा ३०० किलोमिटर चल्ने कम्पनीले उल्लेख गरेको छ।

१८० मिमी ग्राउन्ड क्लियरेन्स भएको गाडी नेपालको बाटो र माटो सुहाउँदो रहेको कम्पनीले जनाएको छ। हरेक ५ वटा गाडीमा एउटा फास्ट चार्जर दिने स्किम पनि कम्पनीले ल्याएको छ। नेपालभर ३० भन्दा धेरै ठाउँमा चार्जर स्थापना भइसकेको र थप ५० ठाउँमा तत्कालै चार्जर जडान गर्ने लक्ष्य लिएको पनि कम्पनीले जनाएको छ। 

सीजीका अनुसार, काठमाडौंमा ३ ठाउँबाट सर्भिस  सुविधा लिन सकिनेछ। चक्रपथमा हरेक ५ किलोमिटरमा एउटा  चार्जर राख्ने अन्तिम तयारी भइरहेको छ। ८० प्रतिशतसम्म कर्जा सुविधा रहेको र नेपालभरका सम्पूर्ण बैंकहरूबाट सुलभ कर्जा सुविधा लिन सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .