ad ad

कारोबार


साइमेक्स इंक प्रालिद्वारा भूकम्प प्रभावितलाई ११ लाख रुपैयाँ सहयोग

साइमेक्स इंक प्रालिद्वारा भूकम्प प्रभावितलाई ११ लाख रुपैयाँ सहयोग

नेपालखबर
मंसिर ५, २०८० मंगलबार १९:११, काठमाडौँ

नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रि कम्पनी लिमिटेडको अधिकृत वितरक साइमेक्स इंक प्रालिले भूकम्प प्रभावितका लागि सहयोग गरेको छ।

जाजरकोट र रुकुम पुर्वका भूकम्प प्रभावित समुदायहरूका लागि सहायता स्वरूप ग्राहकहरूसँगको सहकार्यमा भूकम्प सहायता कोष सुरु गरेको कम्पनीले जनाएको छ।

जस अन्तर्गत हरेक बीवाईडी डल्फिल बुक गरेमा १० हजार रुपैयाँ र बीवाईडी अटो३ बुक गरेमा २० हजार रुपैयाँ कम्पनीको भूकम्प सहायता कोषमा जम्मा हुनेछ। यो योजना मङ्सिर २३ गतेसम्म लागू हुनेछ। यी बुकिङहरूबाट जम्मा भएको रकमले भूकम्प पीडितहरूलाई सहयोग गर्ने लक्ष्य राखिएको छ।

साइमेक्स इंक प्रालिका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ भन्छन्, ‘अग्रिम बुकिङ गरि भूकम्प सहायता कोषमा योगदान गरेका हाम्रा ग्राहकहरुको नाम, हामी हाम्रो सोशल मिडिया प्लेटफार्महरूमा र दैनिक पत्रिकामा प्रकाशित गरेर उहाँहरुको सहयोगको कदर गर्नेछौँ।’

कम्पनीले पहिले पनि भूकम्प पीडितहरूको सहयोग गर्नका लागि एघार लाख रुपैयाँको सहयोग सानीभेरी गाउँपालिकाका भूकम्प प्रभावित हरुकालागि भनि प्रदान गरेका थियो। सहयोग रकम कम्पनीका अध्यक्ष अनिल श्रेष्ठले हस्तान्तरण गरेका थिए।

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .