नागढुंगा सुरुङमार्ग ब्रेक थ्रु हुन साढे ३ प्रतिशत मात्रै बाँकी रहेको छ।
२ हजार ६८८ मिटर लम्बाईको मुख्य सुरुङमार्ग २०० मिटर मात्रै बाँकी रहेको हो।
आयोजना प्रमुख नविनमान श्रेष्ठका अनुसार हालसम्म २ हजार ४८७ मिटर सुरुङ खनिएको छ। आयोजनाले आकस्मिक सुरुङमार्ग यसअघि नै ब्रेक थ्रु गरिसकेको छ।
मुख्य सुरुङमार्गको टनेलमा कंकिट गर्नेकाम ५१.५ प्रतिशत सकिएको छ। १ हजार ३८५ मिटरमा कंकिट लाइनिङ गरिएको छ।
फ्लाई ओभरका लागि आवश्यक पर्ने मुआब्जा ९५ प्रतिशत मात्रै वितरण गरिएको छ। अरु पूर्वाधार तयार भैसकेका छन्।
आयोजनाको कुल भौतिक प्रगति ६५.३५ प्रतिशत भएको छ भने वित्तिय प्रगति ६०.८२ प्रतिशत खर्च भएको छ।
मंसिर ५, २०८०, मंगलबार
प्रतिक्रिया