ad ad

कारोबार


सिजी मोटर्सले जनवरीमा नेटा एक्स नेपाल भित्र्याउने

सिजी मोटर्सले जनवरीमा नेटा एक्स नेपाल भित्र्याउने

नेपालखबर
मंसिर ४, २०८० सोमबार १२:४८, काठमाडौँ

सिजी मोटर्सले जनवरीमा नेटा एक्स नेपाल भित्र्याउने भएको छ। कम्पनीले नेटा भी बिक्री गरिरहेकोमा नेटा एक्स सन् २०२४ को सुरुमै ल्याउन लागेको हो।

कम्पनीले बुकिङ खुल्ला गरिसकेको छ। नेटा एक्स विद्युतीय कम्प्याक्ट एसयभी हो। यसलाई नेटा युको फेसलिफ्ट मोडलको रूपमा चीनमा सार्वजनिक गरिएको छ।

चीनमा गाडीको ब्याट्री क्यापासिटी एक सय २० किलोवाट आवर र मोटर पावर एक सय ६३ एचपी रहेको छ। तीन सय १० एनएम टर्क जेनेरेट गर्छ।

एक पटकको चार्जमा पाँच सय किलोमिटरसम्म कुद्छ। गाडीको टप स्पिड १५० किमी रहेको छ। डिसी फास्ट चार्जरबाट ३० मिनेटमै फुल हुन्छ। टचस्क्रिन साइज १२.८ इन्च रहेको छ। गाडीमा ६ एयरब्याग रहेका छन्।

नेटा एक्सको डाइमेन्सन चार हजार ६ सय १९, चौडाई एक हजार आठ सय ६०, उचाई एक हजार ६ सय २८ एमएम रहेको छ। गाडीमा दुई हजार ७ सय ७० एमएम ह्वीलबेस रहेको छ। ग्राउण्ड क्लियरेन्स एक सय ६० एमएम रहेको छ।

सिजी मोटर्सले प्यासेन्जरसहित लाइट कमर्सियल गाडी समेत नेपाल भित्र्याउने तयारी गरेको छ। सिजी मोटर्सको बढी बीक्री हुने गाडीमा नेटा भी रहेको छ। नेटा भीमा कम्पनीले ब्याट्रीमा १० वर्षसम्म वा एक लाख ५० हजार किमीसम्म वारेन्टी दिएको छ।

नेटा भी एक पटकको चार्जमा साढे ३ सय किमीसम्म गुड्ने कम्पनीले जनाएको छ।

चौधरी ग्रुपले ज्याक मोटर्स र स्मार्ट मोटर्सका विद्युतीय गाडी ल्याउन उत्पादक कम्पनीसँग सम्झौता गरिसकेको छ। नेटा एक्स अहिले नेपाली बजारमा गुडिरहेको भी मोडलभन्दा बढी रेञ्ज दिने गाडी हो।

नेटा भीको मूल्य ३९ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .