ad ad

कारोबार


असिसटेन्ट म्यानेजर भएर कुमारी बैंक प्रवेश गरेका खनाल बने सीईओ

असिसटेन्ट म्यानेजर भएर कुमारी बैंक प्रवेश गरेका खनाल बने सीईओ

नेपालखबर
मंसिर २, २०८० शनिबार १२:५९, काठमाडौँ

केही वर्षअघि मात्र असिसटेन्ट म्यानेजर भएर कुमारी बैंक प्रवेश गरेका रामचन्द्र खनालले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी पाएका छन्। 

शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले खनाललाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

उनी ४ वर्षको लागि सीईओ नियुक्त भएका हुन्। यसअघि कुमारी बैंकको सीईओ रमेशराज अर्याल थिए। अर्यालले राजीनामा दिएपछि बैंकको नेतृत्वमा खनाल पुगेका हुन्। 

खनालले बैंकिङ करियर भने सिद्धार्थ बैंकबाट सुरु गरेका हुन्। खनाल सिद्धार्थ बैंकमा ८ वर्ष आबद्ध रहे। त्यसपछि छोटो समय उनले सानिमा बैंकमा काम गरे। 

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक गाभ्नुअघि खनाल कुमारी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए। 

उनलाई २०६८ माघ १० गते कामु सीईओको जिम्मेवारी दिइएको थियो। 

बैंक प्रवेश गर्नुअघि उनले एनआईसी एसिया क्यापिटलको सीईओको जिम्मेवारी निर्वाह गरिसकेका थिए। वित्तीय क्षेत्रमा दशकै लामो अनुभव भएका खनाल चार्टर्ड एकाउन्टेन्टसमेत हुन्। 

अब खनाललाई आफ्नो नेतृत्वकालमै बैंकलाई थप अब्बल बनाउने चुनौती छ। करिब ५ प्रतिशतनजिक रहेको खराब कर्जा सुधार गर्दै बैंकलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने जिम्मेवारी अब उनकै काँधमा आएको छ। 

हाल कुमारी बैंकका देशभर ३०९ शाखा तथा ३२० एटीएम सञ्चालनमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .