ad ad

कारोबार


क्यूएफएक्स सिनेमाजको सुविधासम्पन्न नयाँ हल वीरगञ्जमा

क्यूएफएक्स सिनेमाजको सुविधासम्पन्न नयाँ हल वीरगञ्जमा

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १९:१०, काठमाडौँ

क्यूएफएक्स सिनेमाजले आफ्नो ब्रान्डलाई काठमाडौँ उपत्यका बाहिर विस्तार गर्ने क्रममा एक अर्को गन्तव्य रोजेको छ, नेपालको औद्योगिक क्षेत्र वीरगन्ज।

क्यूएफएक्स सिनेमाज र स्काइलाइन मुभिज प्रालिको सहकार्यमा बिहीबार (कात्तिक २४) देखि औपचारिक रुपमा सञ्चालनमा आएको क्यूएफएक्स स्काइलाइन मलले वीरगन्जमा सुविधा सम्पन्न हलमा सिनेमा हेर्ने स्थानीयबासीको साथै पर्यटकहरूको चाहनालाई पनि परिपूर्ति गर्ने कम्पनीको विश्वास छ।

स्काइलाइन मुभिज प्रालिको लगानी रहेको सो हलमा टिम क्वेस्ट प्रालिको व्यवस्थापन रहनेछ।

स्काई मलमा अवस्थित क्यूएफएक्स सिनेमाजको यो समग्रमा १३ औं र उपत्यका बाहिरको आठौं गन्तव्य हो। तीनवटा पर्दासहित आरामदायी सिट, अत्याधुनिक साउन्ड सिस्टम, ३डी र २डी स्क्रिन तथा पछिल्लो लेजर प्रोजेक्सन टेक्नोलोजीले अब वीरगन्जमा पनि सिनेमा प्रेमीहरुको मन जित्ने कम्पनीको विश्वास छ।

टिम क्वेस्ट प्रालिकी महाप्रवन्धक तृप्ति गिरी भन्छिन्, ‘क्यूएफएक्स सिनेमाज भन्ने बित्तिकै सिनेमा पारखीहरुले अत्याधुनिक प्रविधी, भौतिक पूर्वाधार र स्तरीय सिनेमा हेर्ने वातावरण जस्ता कूरा सम्झन्छन्। यस बाहेक स्तरीय खाना, दर्शकले पाउने सेवा, कर्मचारीहरुको व्यवहारका कारण त्तँह् ऋष्लझबक ले एउटा नयाँ मानक (बेन्चमार्क) स्थापित गरेको छ । क्यूएफएक्स सिनेमाजको सूरुवात देखि नै यी कुराहरुमा मिहिन तरिकाले ध्यान पूर्याएकोले नै सिने जगत्मा क्यूएफएक्स सिनेमाज सबैभन्दा अब्बल रहन सकेको छ।’

टिम क्वेस्ट प्रालिले नेपालभरिकै क्यूएफएक्स सिनेमाजको व्यवस्थापन गर्दछ। यो नयाँ तीन स्क्रिनको मल्टिप्लेक्स सञ्चालन सँगै क्यूएफएक्स सिनेमाजको नेपाल भरि जम्मा स्क्रिन संख्या ३१ पुगेको छ। क्यूएफएक्स सिनेमाजको नयाँ वीरगन्ज चेनमा आफ्नो मोबाइल एप र लोयल्टी प्रोग्राम पनि जारी राखेको जनाएको छ।

साथै क्यासलेस ट्रान्ससेक्सन्सको लागि अनलाइन टिकेटिङ सुविधा पनि उपलब्ध रहेको छ। क्यूएफएक्स सिनेमाजको मुभी टिकेट खल्ति एपबाट पनि किन्न सकिन्छ। साथै नयाँ नेपाली, अंग्रेजी तथा हिन्दी सिनेमाहरु छनौट गर्न पाउने, क्लब क्यूएफएक्स लोयल्टीको फाइदा लिने जस्ता सूविधाहरु  अर्को विशेषता हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .