कारोबार


आरबीबी मर्चेन्ट बैंकिङले मनायाे पाँचाैँ वार्षिकोत्सव

आरबीबी मर्चेन्ट बैंकिङले मनायाे पाँचाैँ वार्षिकोत्सव

नेपालखबर
माघ १५, २०७६ बुधबार १२:४२,

आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको पाँचाैँ वार्षिकोत्सव समारोह नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी तथा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको विशिष्ट आतिथ्यमा बुधबार सम्पन्न भएको छ।

समारोहमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले मर्चेन्ट बैंकिङ्ग लि.लाई पाँचाैँ वार्षिकोत्सवको अवसरमा कम्पनीको उत्तरोत्तर प्रगतिको लागि शुभकामना दिँनै यस क्षेत्रमा हुँदै आएका काम कारबाहीहरुलाई अझै पारदर्शी रुपमा देशका हरेक स्थानहरुबाट सम्पन्न गराउनको लागि कार्य भइरहेको तथा लगानीमैत्री वातावरण सृजन गर्नको लागि अध्ययन समेत भइरहेको जानकारी गराए।

उनले मर्चेन्ट बैंकरहरुलाई इङ्गित गर्दै लगानीका नयाँ आयामहरुको अध्ययन अनुसन्धान गरिनुपर्ने तथा नियामक निकायहरुलाई सो सम्बन्धी कार्यविधि तयार बनाउन समेत पहल गर्नुपर्ने बताए।

समारोहमा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले धितोपत्र कारोबार सहज र सरल रुपमा गर्नको लागि इलष्लिभ प्रणली लागु भैसकेको तथा बजारमा सुचिकृत बैंक तथा वित्तीय संस्था साथै अन्य कम्पनीहरुको बारेमा विश्लेषण गर्नको लागि छुट्टै म्बतब द्यबकभ तयार भैरहेको कुरा जानकारी गराए।

मर्चेन्टका प्रमुख कार्यकारी बद्री प्रसाद प्याकुरेलले मर्चेन्टको वर्तमान स्थिति, संस्थाले नेपाल पुनर्बीमा कम्पनी लि.ले निष्काशन गर्न लागेको १ अर्ब ६० करोड रुपैँया बराबरको प्रथमिक सेयर सर्वसाधारण समुहलाई निष्कासन गर्नको लागि आरविवि मर्चेन्ट बैंकिङ्ग लि.सँग सम्झौता भएबमोजिम उत्त निष्काशनको अन्तिम चरणको काम भइरहेको साथै विभिन्न कम्पनीहरुसंग समन्वय गर्दै विभिन्न सम्झौता समेत भइरहेको जानकारी गराए।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लि.का प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले कम्पनीको ५औं वार्षिकोत्स समारोह मनाउने अवसरमा यस संस्थालाई एउटा हुर्कीरहेको बच्चाको संज्ञा दिँदै अबको दिनमा यस संस्थाले धितोपत्र बाजारको चुनौतीहरुलाई आत्मसात् गरी आफूलाई पनि रा.बा.बैंक लि. जसरी नै स्थापित हुनको लागि प्रोत्साहन दिए।

कार्यक्रममा रा.बा बैंक लि.का नायव प्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारीे र केशवप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु टेकराज जोशी र महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेन्द्र रमण खनाल, कम्पनी सचिव भोलानाथ पौडेल, क्षेत्रीय प्रमुख सोनी श्रेष्ठ, आन्तरिक लेखा परीक्षण प्रमुख संजय कुमार श्रेष्ठ, शाखा प्रबन्धक युवराज घिमिरे लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad