ad ad

कारोबार


‘आईएमई तथा आइएमई पे’ मा कलाकारहरूको उत्साहपूर्ण संग्लनता

‘आईएमई तथा आइएमई पे’ मा कलाकारहरूको उत्साहपूर्ण संग्लनता

नेपालखबर
कात्तिक ३, २०८० शुक्रबार १७:६, काठमाडौँ

रेमिटेन्स सेवा प्रदायक कम्पनी ‘आइएमई’ तथा डिजिटल वालेट’ ले ‘आईएमई गरौँ, करोडपति बनौँ’ योजना सार्वजनिक गरेको छ।

जसमा आईएमई तथा आइएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैयाँ प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका पनि रहेको कम्पनीले जनाएको छ।

आफ्नो स्थापनादेखि नै  नेपाली कलाकारिताको लोकप्रिय जोडी अभिनेता दीपकराज गिरि तथा अभिनेत्री दिपाश्री निरौलालाई ब्राण्ड एम्बासडरको रुपमा परिचित गराएको आइएमई तथा आइएमई पे को यस करोडपति योजनामा पनि एम्बासडरदोयको उत्साहपूर्ण साथ तथा समर्थन देखिन्छ।

साथै सो योजनाको थप जानकारी हरेक दिन आईएमई तथा आईएमई पे’ को अफिसियल टिकटकको लाइभ मार्फत प्राप्त गर्न सकिने छ। जसमा नेपालको चर्चित कलाकारहरू यसराज गराच, साक्षी लम्साल, प्रणिमा दाहाल तथा छन्दे भनेर चिनिने गोपाल ढकाल ब्रान्ड इन्फ्यूयन्सरको रुपमा  उत्साहपूर्ण संग्लनता देख्न सकिन्छ।

यसराज गराच हाल नेपालको चर्चित कलाकार हुन् जसले लगभग एक दर्जन नेपाली चलचित्र खेलिसकेका छन् भने आठ सय भन्दा बढी नेपाली म्युजिक भिडिओमा पनि काम गरेका छन्। साथै विभिन्न टेलिभिजनका कार्यक्रम प्रस्तोता पनि रहेका छन्।

तेस्तै, साक्षी लम्साल पनि अहिले चर्चामा रहेकी नेपाली कलाकार हुन् जसले धेरै नेपाली म्युजिक भिडिओमा काम गरेकी छन् भने विभिन्न टेलिभिजनका कार्यक्रम प्रस्तोता पनि रहेकी छन्। साथै धेरै चर्चित ब्राण्डहरुको ब्राण्ड मोडेलको रुपमा पनि उनलाई देख्न सकिन्छ।

तेस्तै प्रणिमा दाहाल पनि अहिले नेपाली कलाकारितामा रुचाएको नाम हो। उनले विभिन्न नेपाली म्युजिक भिडिओमा काम गरेकी छन् भने धेरै टेलिभिजनका कार्यक्रम प्रस्तोताको रुपमा पनि रहेकी छन्।

साथै उनलाई उत्कृट इभेन्ट म्यानेजर को रुपमा पनि चिन्न सकिन्छ।  

र, अर्को नेपाली कलाकारितामा चर्चित नाम हो गोपाल ढकाल, जो नेपाली कलाकारितामा छन्दे भनेर परिचित छन्, उनी बिगत १८ वर्षदेखि नेपाली कलाकारितामा लोकप्रिय छन् र विशेषगरि नेपाली हास्य टेलीचलचित्रमा उनी रुचाएको कलाकार हुन्।

माथि उल्लेखित सबै चर्चित कलाकारहरुलाई अहिले आईएमई तथा आईएमई पे ले आफ्नो ब्रान्ड इन्फ्युयन्सरको रुपमा आबद्ध गराएको छ भने आइएमई तथा आइएमई पे को हरेक योजनामा ब्रान्ड एम्बेस्डरहरूको उत्साहपूर्ण संग्लनता तथा समर्थन पनि देख्न सकिन्छ।

यससँगै नेपालको पुरानो तथा लोकप्रिय गायक आनन्द कार्की पनि आईएमई तथा आईएमई पे’मा जोडिएका छन् भने नेपालकी चर्चित अभिनेत्री वर्षा राउतलाई पनि आईएमई तथा आईएमई पे’ द्वारा प्रवर्द्धित भिडिओमा देख्न सकिने छ।

‘आइएमई पे’ ओटीटी प्लेटफार्म कान्तिपुर सिनेमास्सको एकमात्र एक्सक्लुसिव पेमेन्ट पार्टनरपनि रहेको छ। जसको माध्यमबाट पनि आईएमई तथा आईएमई पेमा कलाकारहरुको चासो बढेको छ।

खेल तथा खेलाडीसँग पहिले देखिनै सहकार्य गर्दै आईरहेको आईएमई तथा आईएमई पे’ मा हाल कलाकारहरुको पनि वृहत संग्लनताले जनताको विश्वासलाई अझै माथि पुर्याएको कम्पनीले स्पट पारेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .