ad ad

कारोबार


दसैँ पारेर सरकारले खुलायो सुपारी, मरिच, केराउको आयात

दसैँ पारेर सरकारले खुलायो सुपारी, मरिच, केराउको आयात

नेपालखबर
कात्तिक ३, २०८० शुक्रबार १२:५१, काठमाडौँ

सरकारले चालू आर्थिक वर्षका लागि सुपारी, केराउ र मरिचको आयात खुलाएको छ।

मन्त्रिपरिषद्‌को बैठकले औद्योगिक प्रयोजनका लागि खुला गर्ने निर्णय गरेबमोजिम आज राजपत्रमा प्रकाशन गरिएको हो। 

दुई वर्षअघि औद्योगिक प्रयोजनमा केकसरी आयात दिने भन्ने  कार्यविधि बनाइएको छ। त्यसलाई नै आधार मान्ने गरी आयात खुलाइएको सरकारले जनाएको छ। 

शुक्रबार उद्योग मन्त्रालयले राजपत्रमा सूचना पठाउँदै आयात खुलाएको हो। सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा १ बमोजिम यी वस्तुलाई प्रतिबन्ध लगाइएको थियो।

सोही ऐनको खण्ड ७२, अतिरिक्ताङ्क ३६, मिति २०७९।०५।२१ को नेपाल राजपत्र भाग ५ मा सूचना प्रकाशन गरेकामा सोही दफाको उपदफा २ ले दिएको अधिकार प्रयोग गरी ‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि, २०७८’ लाई निरन्तरता दिइएको राजपत्रमा उल्लेख छ। 

यस व्यवस्थाअनुसार आर्थिक वर्ष २०८०/८१ का लागि औद्योगिक प्रयोजनका लागि मात्र कच्चा पदार्थको रुपमा केराउ , सुपारी र मरिच सेतो कालो दुबै पैठारी गर्न अनुमति दिने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको राजपत्रमा भनिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .