ad ad

ग्लोबल


लेबनानसँग सीमा जोडिएका गाउँ धमाधम खाली गराउँदै इजरायल

लेबनानसँग सीमा जोडिएका गाउँ धमाधम खाली गराउँदै इजरायल

नेपालखबर
कात्तिक ३, २०८० शुक्रबार १३:५, काठमाडौँ

इजरायलको सेनाले लेबनानसँगको आफ्नो सीमा क्षेत्रबाट मानिसहरूलाई बाहिर निकालिरहेको बताएको छ।

इजरायलका रक्षामन्त्री योभ गालान्टले किरियत शमोना सहरका मेयरलाई पनि यो जानकारी गराएका छन्।

यहाँका जनतालाई सरकारी गेस्ट हाउसमा लगिने गरेको छ। यस सहरमा करिब २३ हजार मानिस बसोबास गर्छन्।

जहाँ लेबनानी चरमपन्थी समूह हिजबुल्लाह र इजरायली सेनाबीच द्वन्द्व चलिरहेको छ।

पछिल्ला केही दिनमा यहाँ रकेट पनि खसेका छन्।

हमाससँग जारी युद्धका क्रममा इजरायलसँग लेबनानको पनि द्वन्द्व बढेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .