ad ad

कारोबार


शान्तिनगरको हरिसिद्धि आयल स्टोर सिल

शान्तिनगरको हरिसिद्धि आयल स्टोर सिल

नेपालखबर
कात्तिक २, २०८० बिहिबार १५:१७, काठमाडौँ

ग्राहकलाई पेट्रोल कम बेचेको आरोपमा अनुगमन समितिले काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धी पेट्रोल पम्प सिल गरेको छ।

बिहीबार प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, गुणस्तर एवं नापतौल विभाग, नेपाल आयल निगम, राष्ट्रिय सतर्कता केन्द्र, वाणिज्य विभाग, वाणिज्य आपूर्ती तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त रुपमा गरेको अनुगमनका क्रममा उपभोक्तालाई कम परिमाणमा पेट्रोल बिक्री गरेको पाइएपछि सिल गरिएको हो।

उपभोक्तालाई कम परिमाणमा इन्धन बिक्री गरेको भेटिएपछि अनुगमन टोलीले सिलवन्दी गरेको प्रधानमन्त्रीका आईटी विज्ञ प्रकाश रायमाझीले जानकारी दिए।

र्‍यापिड रेस्पोन्स टिमले तीन दिनदेखि विभिन्न पेट्रेल पम्पमा अनुगमन गरिरहेको छ। मिटर बिगारेर मूल्यभन्दा कम परिमाणमा उपभोक्तालाई पेट्रोल बिक्री गरेका पम्पमा सो टोलीले सिल गरेको जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .