ad ad

कारोबार


कोहलपुरमा नापी तथा मालपोत कार्यालय स्थापना

कोहलपुरमा नापी तथा मालपोत कार्यालय स्थापना

नेपालखबर
कात्तिक १, २०८० बुधबार १५:३६, काठमाडौँ

सरकारले बाँकेको कोहलपुरमा पनि नापी तथा मालपोत कार्यालयबाट सेवा शुभारम्भ गरेको छ।

बुधबार एक कार्यक्रमका बीच भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले उद्घाटन गरेसँगै सेवा सुचारु भएको हो।

बाँकेका नागरिकहरुले नापी तथा मालपोत सेवा लिन असहज भएको भन्दै गुनासो गरेसँगै सरकारले शाखा बिस्तार गरिएको मन्त्रालयले जनाएको छ।

२०७८ चैत १७ गतेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार बाँकेको कोहलपुर, डडेल्धुराको जोखवुढा, महोत्तरीको गौशाला, रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा तत्कालै शाखा स्थापना गरेर सेवा सुचारु गर्ने निर्णय गरेको थियो।

 सेवा शुभारम्भ कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मन्त्री श्रेष्ठले मालपोत तथा नापी कार्यालयमा जाँदा विभिन्न प्राविधिक समस्याहरु भोग्न पर्ने भन्दै आएका गुनासो न्यूनीकरण गर्न आफू लागि परेको बताइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .