टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र नेपालको नेतृत्वदायी सुपरमार्केट कम्पनी भाटभटेनीको सहकार्यमा ग्रेट भाटभटेनी कार्निभल कार्यक्रम मार्फत भाटभटेनीका ग्राहकहरूले टाटा टिगोर जित्न सक्नेछन्।
नेपालीहरुको महान चाड दसैँ, तिहार र छठ पर्वको अवसरमा भाटभटेनीमा रु.२ हजार ५०० को सामान किन्दा टाटा टिगोर जित्न सकिनेछ। दसैँको घटस्थापनाको अवसर पारेर यही असोज २८ गतेदेखि पुष २५ गतेसम्म सञ्चालन हुनेछ भने सन् २०२४ को पहिलो साता लक्की ड्र मार्फत विजेता घोषणा गरिनेछ।
टाटा टिगोर १.२ लिटर रिभोट्रन पेट्रोल इन्जिनमा निर्मित उत्कृष्ट गाडी हो। यसमा उच्च सुरक्षा, आरामदायी र अत्याधुनिक किसिमको ईन्फोटेन्मेन्ट सुविधाहरु रहेका छन्।
यो कार्यक्रम देशभरका २६ वटा भाटभटेनी सुपरमार्केटमा लागू हुने कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया