गैर आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ। हालका अध्यक्ष २ जना पुनः दोहोरिएका छन् भने २ उपाध्यक्षले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।
मंगलबारबाट हुने निर्वाचनमा अध्यक्ष पदका लागि रुसका डा. बद्री केसी, जापानका महेश कुमार श्रेष्ठ, अमेरिकाकी रविना थापा र कतारका राजेन्द्रकुमार शर्माले उम्मेदवारी दर्ता गराएका हुन्।
६ जना उपाध्यक्षका लागि १८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। एक महिला उपाध्यक्षका लागि बेलायतकी रोजिना प्रधान राई र साउदी अरेवियाकी यास्मिन बेगम सायद प्रतिस्पर्धा गर्दैछन्।
१ युवा उपाध्यक्षमा कतारका अब्दुल बासिद र जाम्बियाका रोशन थापाले उम्मेदवारी दर्ता गराएका छन्।
महासचिवका लागि बुद्धिसागर सुवेदी र गौरीराज जोशीको उम्मेदवारी परेको छ। २ उपमहासचिवका लागि ५ जनाको उम्मेदवारी छ।
६ सचिवमा १५ जनाको उम्मेदवारी पर्यो। १ महिला सचिवका लागि क्यानेडाकी बिमला सापकोटा र हङकङकी राधिका गुरुङ प्रतिस्पर्धी बनेका छन्।
कोषाध्यक्ष पदकोलागि जापानका सुदन के थापा र यूएईका ठाकुर प्रदाद ढुंगाना भिड्दैछन्।
३ सह कोषध्यक्षकोलागि ६ जना उम्मेदवार बनेका छन्। १ महिला सह कोषाध्यक्षमा अमृता थापा र त्रिशा शर्मा छन्। महिला संयोजकमा अनुजा प्रधान र देवकी खत्री गुरुङ छन्।
युवा संयोजकमा रविन अधिकारी र सुपेन्द्र घिसिङको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।
Shares

प्रतिक्रिया