ad ad

कारोबार


भ्रमण वर्षको प्रवर्द्धन गर्न ‘आइस क्लाम्बिङ फेस्टिभल’

भ्रमण वर्षको प्रवर्द्धन गर्न ‘आइस क्लाम्बिङ फेस्टिभल’

नेपालखबर
माघ १४, २०७६ मंगलबार १४:१६,

नेपाल पर्वतारोहण संघले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने गरी एकैपटक विभिन्न चार कार्यक्रम गर्ने भएको छ।

संघले मंगलबार पत्रकार सम्मेलन गरी पर्यटन वर्ष २०२० को प्रचार प्रसार र नेपालका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनका लागि कार्यक्रमहरु आयोजना गर्न लागिएको जानकारी दिएको छ। संघका अध्यक्ष सन्तवीर लामाले आगामी फेब्रुअरी १ देखि १० गते मनाङमा ‘दोस्रो आइस क्लाम्बिङ फेस्टिभल २०२०’ आयोजना गरिने बताए।

त्यस्तै फेब्रुअरी १ र २ मा पासाङ ल्हामु स्पोर्टस क्लाम्बिङ सेन्टरमा ‘सातौं पार्क योङ्ग सिओक वाल क्लाम्बिङ कम्पिटिसन’, फुब्रुअरी ३ देखि ५ सम्म पोखरामा ‘तेस्रो विश्व शान्ती पुजा’ र फेब्रुअरी ५ मा ‘सत्रौं अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयको वार्षिकोत्सव’ आयोजना गर्न लागिएको जानकारी दिए। उनले नेपाली हिमालमा हुने प्राकृतिक प्रकोपलाई बिर्सेर आनन्द लिन र भ्रमण वर्षको प्रचार प्रसारका लागि कार्यक्रमहरुले सघाउ पु-याउने बताए।

कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० सचिवालयका उपसचिव राजन पौडेलले पर्यटन वर्षको लक्ष्य पुरा गर्न सचिवालयले नेपाल पर्वतारोहण संघसँग सहकार्य गर्न तयार रहको बताए। उनले सचिवालयले एक्लै लक्ष्य पुरा गर्न नसकने बताउँदै संघले ल्याएका कार्यक्रमहरुलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

सबै कार्यक्रममा विभिन्न देशका पर्यटनसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहने छ। त्यस्तै अध्यक्ष लामाले सबै कार्यक्रमले नेपालको पर्यटन क्षेत्र र नेपाल पर्वतारोहण संघको गतिविधिको प्रचार प्रसारमा सहयोग पु-याउने समेत बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .