कारोबार


दिगो विकासका लक्ष्य पूरा गर्न ऐन कानुन सुधार गर्नुपर्छ : अध्यक्ष ढकाल

दिगो विकासका लक्ष्य पूरा गर्न ऐन कानुन सुधार गर्नुपर्छ : अध्यक्ष ढकाल

फाइल फोटो


नेपालखबर
असोज २३, २०८० मंगलबार १४:२२, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकासका लक्ष्यहरु पूरा गर्न सरकारले ऐन कानून र नीतिहरु सुधार गर्न आवश्यक रहेको बताएका छन्।

मंगलवार महासंघ र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजनामा भएको दिगो विकासका लक्ष्य कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्।

उनले नेपालमा दिगो विकासका लक्ष्यहरु पूरा गर्ने निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए। अध्यक्ष ढकालले निजी क्षेत्रले व्यवसायिक क्रियाकलाप बढाउनको लागि नीति,ऐन कानून र नीतिहरु सुधार हुन जरुरी रहेको बताए।

उनले भने, ‘दिगो विकासका लक्ष्यहरु पूरा गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ। निजी क्षेत्रले व्यवसायीक क्रियाकलाप बढाउनको लागि नीतिहरुदेखि दिगो विकासका लक्ष्यहरु पूरा गर्ने व्यवसायिक गतिविधि बढाउन ऐन कानून र नीतिहरु सुधार हुनुपर्छ भन्ने कुरा हो।’

उनले दिगो विकासका लक्ष्यहरु पूरा गर्न निजी क्षेत्र महत्वपूर्ण पार्टनरका रुपमा काम गरिरहेको बताए।

अध्यक्ष ढकालले भने, ‘दिगो विकासका लक्ष्यहरु पूरा गर्नको लागि निजी क्षेत्र महत्वपूण पार्टनर भनिएको छ। त्यही अनुसार महासंघले यो विषयमा कार्यक्रम गरेको हो। अहिले नेपालमा व्यवसायिक गतिविधिहरु बढाएर व्यवसायीहरुको आत्मबल बढाने काम गर्नुपर्ने छ । यसको लागि निजी क्षेत्रले रोजगारी सिर्जनादेखि हरेक विषयमा ठूलो योगदान छ ।’

उनले नेपालमा व्यवसायिक गतिविधिहरु बढाएर व्यवसायीहरुको आत्मबल बढाउने काम गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले निजी क्षेत्रले रोजगारी सिर्जनादेखि हरेक विषयमा ठूलो योगदान रहेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad