कारोबार


कुशल, रोहित र दीपेन्द्र बने एफवान सफ्ट ग्रुप अन्तर्गत तीन कम्पनीका ब्रान्ड एम्बेस्डर

कुशल, रोहित र दीपेन्द्र बने एफवान सफ्ट ग्रुप अन्तर्गत तीन कम्पनीका ब्रान्ड एम्बेस्डर

नेपालखबर
असोज १९, २०८० शुक्रबार १६:१४, काठमाडौँ

एफवान सफ्ट ग्रुपले नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीहरूसँग ब्रान्ड एन्डोर्सरको रूपमा सम्झौता गरेको छ।

एफवान सफ्ट ग्रुपका सहायक कम्पनीहरू फोनपे, ईसेवा र ईसेवा मनि ट्रान्सफरले क्रमशः कुशल भुर्तेल, रोहित कुमार पौडेल र दीपेन्द्र सिंह ऐरीसँग सम्झौता गरेको कम्पनीले जनाएको छ।

बिहीबार एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्मा, ईसेवाका चिफ बिजनेस अफिसर आशिष गौतम, ईसेवा मनि ट्रान्सफरका बिजनेस अपरेशन म्यानेजर सुमित भण्डारी  र फोनपेका चिफ बिजनेस अफिसर सुमित दासको उपस्थितिमा क्रिकेटरहरुसँगको सम्झौतामा हस्ताक्षर भएको थियो।  
 
यस साझेदारीको साथ, एफवान सफ्ट ग्रुपले नेपालको क्रिकेट खेलमा आफ्नो जीवन समर्पण गरेका खेलाडीहरूलाई भरपुर साथ दिने लक्ष्य राखेको छ। एफवान सफ्ट ग्रुप, यस सहकार्यको साथ मैदानमा खेलाडीहरुको प्रदर्शन बढाउन मद्दत गर्न मात्र नभई, खेलाडीहरूको मनोबल सुनिश्चित गर्न पनि प्रतिबद्ध रहेको जनाएको छ।

खेलाडीहरुको आकांक्षालाई प्राथमिकता दिएर, यो साझेदारीले खेलाडीहरुको क्षमतालाई अझै सशक्त बनाउन खोजेको छ र यसो गर्दा, नेपाली क्रिकेट जगतकै उथ्थान हुने आशयका साथ एफवान सफ्ट ग्रुप अगाडि बढेको छ।

खेलाडीहरुले सही समर्थन पाउनाले अन्तर्राष्ट्रिय स्तरमा अझै उल्लेखनीय उपलब्धि हासिल हुन सक्नुको साथ साथै सारा देशले गौरव गर्ने बाटोको सृजना हुने विस्वास यसै साझेदारी बाट झल्किएको कम्पनीको भनाई छ।

एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्मा भन्छन्, ‘हामी हाम्रा राष्ट्रिय नायकहरूसँग जोडिन पाउँदा गर्व महसुस गर्छौं र उहाँहरुको यात्रामा सहभागी हुन पाउँदा हामी खुसी छौं। यस साझेदारीको प्राथमिक उदेश्य भनेको हाम्रो क्रिकेट प्रतिभालाई अटल समर्थन प्रदान गर्नु र खेलाडिहरुको व्यक्तिगत र व्यावसायिक विकासमा सहयोग गर्नु हो। यस्का साथै खेलाडीहरूलाई हाम्रो प्रयासको केन्द्रबिन्दुमा राखेर, नेपाली क्रिकेटमा सफलता र उपलब्धिको नयाँ युग प्रज्वलित गर्ने लक्ष्य हामीले लिएका छौँ। ’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad