ad ad

कारोबार


फास्ट ट्रयाक : भदौ १३ मा लागेको दुईवटा प्याकेजको ठेक्का रोकियो

फास्ट ट्रयाक : भदौ १३ मा लागेको दुईवटा प्याकेजको ठेक्का रोकियो

फाइल तस्बिर


नेपालखबर
असोज १७, २०८० बुधबार १३:४३, काठमाडौँ

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराई–मधेश द्रूतमार्ग (फास्ट ट्रयाक) अन्गर्तको दुई सहायक ठेक्का रोकिएको छ। 

भदौ १३ मा लागेको ठेक्का रोकिएको हो। त्यसबेला फास्ट ट्रयाकको तीन प्याकेजको ठेक्का लागेको थियो। 

तीन प्याकेजको टेन्डर खोलेर निर्माण कम्पनीलाई जिम्मेवारी दिइएको थियो। जसमा  ८ ए, ९ ए र ९ बी प्याकेजको टेन्डर खोलिएको थियो। त्यसमा दुईवटा प्याकेजको ठेक्का रोकिएको छ। ८ ए र ९ बी प्याकेजको ठेक्का रोकिएको हो। 

यी प्याकेजको ठेक्का पनि पहिले रोकिएपछि लगाइएको थियो। आयोजनाका अनुसार यी तीन प्याकेजको पहिलो पटकको ठेक्का रद्द गरेर पुनःटेन्डर गरिएको थियो। 

आयोजनाका अनुसार सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी परेपछि ठेकका रोकिएको हो। कालिका कन्ट्रक्सन कम्पनीले उजुरी गरेपछि टेक्का रोकिएको हो। त्यसको जानाकारी आयोजनाल दिइसकेको छ। 

‘आयोजना प्रमुखको कार्यालयले सार्वजनिक खरिद पुनरावलोकन समितिबाट जारी खरिद प्रक्रियालाई अर्को सूचना नआएसम्म अस्थायी रूपमा स्थगित गर्न निर्देशन दिएको पत्र प्राप्त गरेको जानकारी गराइन्छ’, पत्रमा भनिएको छ। 

संघीय राजधानी काठमाडौंबाट तराई–मधेशसँग सबैभन्दा छोटो दूरीबाट जोड्ने यस सडक आयोजना ४ लेनको हुनेछ। यसको दूरी ७२ दशमलव ५ किलोमिटर छ।

ललितपुरको खोकनादेखि बाराको निजगढसम्म निर्माण हुने गरी सरकारले २०७४ वैशाख २१ गतेको निर्णयबाट यो आयोजना नेपाली सेनालाई दिएको थियो। यसको लागत अनुमान २ खर्ब १३ अर्ब ९५ करोड छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .