ad ad

कारोबार


अर्थमन्त्री भन्छन् : सेयर बजार केही समूहको कब्जामा छ, साना लगानीकर्ता बिलखबन्दमा पर्न सक्छन्

अर्थमन्त्री भन्छन् : सेयर बजार केही समूहको कब्जामा छ, साना लगानीकर्ता बिलखबन्दमा पर्न सक्छन्

नेपालखबर
असोज १५, २०८० सोमबार १४:२४, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको औंल्याएका छन्।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वर्ल्ड इन्भेस्टर विक–२०२३ का अवसरमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै मन्त्री डा. महतले यसो भनेका हुन्।

‘सेयर बजारबाट आमलगानीकर्ताले फाइदा लिन पाए मात्रै यसबाट केही हुने रहेछ भनेर लगानी गर्न अग्रसर हुन्छन्’, उनले भने, ‘सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी छ। अहिले चिन्ताको विषय त्यही हो। कतिपय बेलामा इनसाइडर ट्रेडिङका कुरा आउँछन्, सूचना लिक हुने प्रवृत्ति देखिएको छ, धितोपत्र बोर्डले यसलाई नियमनको दायराभित्र ल्याउनुपर्छ।’

उनले बढाइचढाइँ गरेर लगानीकर्तालाई प्रभाव पार्ने प्रवृत्ति पनि रहेको बताए। बढाइँचढाइँ गरेर आमलगानीकर्तालाई प्रभाव पार्ने प्रवृत्ति छ’, उनले भने, ‘त्यसै अर्थमा लगानीकर्तालाई धितोपत्र बोर्डले साक्षर बनाउनुपर्छ। यसैमा लगानी सुरक्षाका ज्ञान र जागुरुकता पैदा गर्न जरुरी छ।’

उनले स्वस्थ्य प्रतिस्पर्धाको वातारण निर्माण गर्न पनि जरुरी रहेको मन्त्री डा. महतले औंल्याए। ‘पहिला सीमित ब्रोकर मात्रै थिए, अहिले ब्रोकरको संख्या बढेको छ’, उनले भने, ‘अब मनोपलाइज न्यून हुँदै जानेछ। यसको फाइदा आमलगानीकर्ताले प्राप्त गर्ने छन्। 

च्याटबोर्डको आरम्भ भएको जानकारी पनि उनले दिए। ‘यो बोर्डले सेयर बजारका विषयमा जिज्ञासा, जानकारी र गुनासोलाई तत्काल सम्बोधन सक्ने सहज प्लेटफर्मको प्रारम्भ भएको छ। यसको सबैले उपयोग गर्नु हुनेछ’, उनले भने। 

लगानी साक्षरता कमजोर रहेको तर्फ औंल्याउँदै लगानीका नयाँ तौरतरिका विकसित भइरहेका मन्त्री डा. महतले बताए।

‘सूचना क्रान्तिले नयाँ अवसरसँगै चुनौती पनि आउँछन्। यससँगै हामीले आफूलाई तयारी राख्नुपर्छ। यसो भए मात्र लगानीकर्ता सुरक्षित हुन्छन्। यसैका लागि नियमनकारी निकाय धितोपत्र बोर्ड गठन भएको हो’, उनले भने।  

सेयर बजारमा खेल्न र बुझ्न जान्नेका लागि फाइदै फाइदा रहेको पनि उनले बताएका छन्। 

‘सेयर बजारमा जुन प्रवृत्ति छन्, सीमितले मात्र यो बजार बुझ्छन्, उनी यसमा खेल्न सिपालु छन्। उनीहरुले यसबाट प्रशस्त फाइदा उठाउँछन्’, महतले भने, ‘कुन बेला तल झार्ने, कुन बेला माथि पुर्याउने, कुन बेला के गर्दा फाइदा हुन्छ र?, आमलगानीकर्ता बिलखबन्दमा पर्ने अवस्था नेपालमा विद्यमान छ।’ 

सेयर बजार अहिले तल झरेको छ, त्यसका विविध कारण रहेको र रेगुलेसन, माइक्रो म्यानेजमेन्टमा समस्या आएको मन्त्री डा. महतले बताए।

‘यसको समाधान हुँदै जान्छ। सेयर बजारका लागि केही निर्णय चाडै आउँछ भन्ने मलाई विश्वास छ’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .