ad ad

कारोबार


प्रचण्डको सचिवालय भन्छ : पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा सरकारको हात छैन

प्रचण्डको सचिवालय भन्छ : पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा सरकारको हात छैन

फाइल तस्बिर


नेपालखबर
असोज १४, २०८० आइतबार ११:५४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा सरकारको हात नरहेको जनाएको छ।

प्रचण्ड पुत्री एवम् स्वकीय सचिव गंगा दाहालले आइतबार सामाजिक सञ्जालमा लेख्दै यस्तो तर्क गरेकी हुन्।

उनले अन्तर्राष्ट्रिय मूल्यमा घटबढ हुने स्वचालित प्रणालीअन्तर्गत नेपालमा पनि पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएकाले यसमा सरकारको कुनै भूमिका नहुने जिकिर गरेकी हन्। 

नेपाल आयल निगमले शनिबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको थियो।

‘आशा गरौँ, चाडपर्वको मुखमा मूल्यवृद्धिका कारण जनताको असुविधाप्रति पक्कै सरकारले केही राहत दिने छ’, उनले भनेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .