सुनको भाउ दुई दिनमै प्रतितोला दुई हजार दुई सय रुपैयाँले घटेको छ।
मंगलबार तोलाको एक लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार एक लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज एकैदिन सुनको भाउ १ हजार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार पनि सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको थियो। विगत केही दिनयता सुनको भाउ लगातार घटिरहेको छ।
त्यसैगरी आज तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
बुधबार चाँदी एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
183
Shares
प्रतिक्रिया