कारोबार


इसेवाले ल्यायो आकर्षक अफर

इसेवाले ल्यायो आकर्षक अफर

नेपालखबर
असोज ९, २०८० मंगलबार १३:२१, काठमाडौँ

इसेवाले आकर्षक उपहारहरू जित्ने एउटा अफर लिएर आएको छ। यस अफर मार्फत इसेवा क्यूआर मर्चेन्टहरूले रु ५०० सम्मको टप–अप तथा हरेक हप्ता ५ जना व्यवसायीले १ महिनाको इन्टरनेट सित्तैमा जित्न सक्नेछन्।

यो अफर ३ महिनासम्म (भाद्र १५ देखि मङ्सिर १४, २०८०) सम्म चल्ने छ।

यस अफर मार्फत क्यूआर मर्चेन्ट भएका व्यवसायीहरूले इसेवामार्फत प्राप्त बिजनेस क्यूआर मार्फत भुक्तानी लिएको हुनुपर्नेछ।

व्यवसायीहरूले इसेवा बिजनेस क्यूआर सक्रिय भएको पहिलो महिनामै रु १०० वा सो भन्दा बढिको ३ वा बढी कारोबार क्यूआर मार्फत प्राप्त गर्दा रु. १० देखि रु ५०० सम्मको टप–अप प्राप्त गर्न सकिनेछ। साथमा, हरेक हप्ता ५ जना भाग्यशाली मर्चेन्टले रु १५०० बराबरको एक महिनाको इन्टरनेट प्याकेज पनि जित्न सक्नेछन्।

यस अफर र यसका शर्तहरूबारे विस्तृतमा जान्नका कृपया इसेवाको आधिकारिक ब्लगमा जान सकिन्छ।

इसेवामार्फत प्राप्त बिजनेस क्यूआर प्रयोग गरी भुक्तानी लिँदा व्यवसायीले आफ्नो इच्छाअनुसार इसेवा खाता वा बैंक खातामा पैसा जम्मा गर्न सक्नेछन्। साथमा, इसेवा प्रयोगकर्ताले समेत डिजिटल माध्यमको प्रयोग गरी नगद वा चानचुनको झन्झट बिना सजिलै कारोबार गर्न सक्नेछन्।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७८ लाख ग्राहकले सेवा लिइरहेका छन्। यसैगरी देशभर रहेका दुईलाख भन्दा बढी एजेन्ट मार्फत सेवा लिइरहेका छन्।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad