ad ad

कारोबार


केन्ट आरओले ल्यायो दशैं तिहार अफर

केन्ट आरओले ल्यायो दशैं तिहार अफर

नेपालखबर
असोज ८, २०८० सोमबार १३:७, काठमाडौँ

सीजी इलेक्ट्रोनिक्स अन्तर्गत नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक ईओएल प्रालिले यसपालीको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ।

भारत र नेपालमा पानी शुद्धीकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको केन्ट आरओले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै ‘यो दशैंतिहार, केन्टसँग स्वास्थ्य र शुद्धता अँगालौं’ भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा सीजी ब्रान्डको भ्याकुम फ्लास्क उपहार स्वरूप प्रदान गरिएको कम्पनीले जनाएको छ।

यो ग्राहक योजना भाद्र २८ देखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि लागू गरिएको छ।

कम्पनीका अनुसार केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन्। केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र बजारमा उपलब्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .