ad ad

समाज


अभियन्ता ई: र बालेन्द्रबीच जुहारी, नगर प्रहरी लगाएर थर्काएको आरोप

अभियन्ता ई: र बालेन्द्रबीच जुहारी, नगर प्रहरी लगाएर थर्काएको आरोप

नेपालखबर
असोज ८, २०८० सोमबार १३:४, काठमाडौँ

गत असोज १ गतेदेखि राष्ट्रिय सभागृहको मूलगेटअगाडिको सडकमा निरन्तर उभिएर आन्दोलित सामाजिक अभियन्ता ई : लाई  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगर प्रहरी लगाएर थर्काएको आरोप लागेको छ।

ई: ई: अभियन्ताहरुले सोमबार सामाजिक सञ्जालमै मेयर शाहलाई जवाफ दिँदै  नगर प्रहरी लगाएर थर्काउने काम भएको बताएका हुन्।

मेयर शाहले वार्तामा बोलाउँदा पनि सम्पर्कमा नआएको आरोप लगाएपछि सामाजिक अभियन्ता ई: ले आफूहरुलाई थर्काउने काम भएको बताएका हुन्। 

‘मेयर यहाँ आउनु भएको होइन। जवाफदेहिता मागिरहेका साथीहरु साक्षी छन्। करिब २० मिनेट अगाडि अकास्मत एकजना नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए। हामीले कानुन विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ र सडक व्यवसाय प्रतिनिधि साथीहरुलाई बोलाउन ३० मिनेट समय माग्यौँ। नगर प्रहरीले रिसाएर जवाफ दिए, ‘त्यसो भए मेयरले भेट्दैन।’

तर उता मेयर बालेन्द्रले भने आफैं वार्ता गर्न तयार रहेको बेला अभियन्ताहरु सम्पर्कमै नआएको जिकिर गरेका छन्। 

‘विगत केही दिनदेखि केही अभियन्ताहरु आन्दोलनमा हुनु हुन्थ्यो, उहाँहरुको कुरा सुन्न उहाँहरु उभिइरहेको ठाउँमा म आफैँ गएर वार्ता गरौँ। यहाहरुको कुरा र  समस्या सुनौँभन्दा अभियन्ताहरु संवादमा बोलाउँदा आउन खोज्नु भएन’, ई: ले भनेका छन्, ‘लोकतान्त्रिक  अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेका छौँ। सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेका छौँ। के वार्ता हामीले उहाँहरुको नेतासँग गर्नुपर्ने?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .