टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले सामान ढुवानी गर्ने एस (हात्ती) विद्युतीय मोटरमा सार्वजनिक गरेको छ।
विहीबार सार्वजनिक गरिएको एस ईभीले एक पटकको चार्जमा १५४ किलोमिटरसम्म दिने गाडी सार्वजनिक गर्दै कमर्सियल गाडीमा प्रवेश गरेको हो।
हात्ती गाडी नामले चर्चित एस शहरी क्षेत्रमा बढी प्रयोग हुन्छ। यसले ३६ हर्सपावर र १३० एनएम टर्कजेनेरेट गर्छ।
गाडीमा इन्डक्सन मोटर रहेको छ। गाडीको अधिकतम गति ८० किमी प्रतिघण्टा रहेको छ। गाडीमा ब्याटिङ क्षमता १७.२ किलोवाट आवर रहेको छ। अगाडीमा टायर प्रेसर मोनिटरिङ सिस्टम र रियर भ्यु क्यामरा छ। यस्तै ब्याट्रीको लागि वाटरप्रुफ आइपी ७६ प्रमाणित स्ट्यान्डर्ड छ। ब्याट्री फास्ट चार्जिङले फुल चार्ज गर्दा १०५ मिनेट लाग्छ।
ग्राउन्ड क्लियरेन्स १६० एमएमको छ।

कम्पनीले ब्याट्रीमा ६ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी दिएको छ।
प्यासेन्जर भेहिकल सबै विद्युतीयमा उत्पादन गरिरहेको टाटा मोटर्सले टियागो इभी भदौ २६ गते नाडा अटो शोमा सार्वजनिक गरेको हो। टाटाको त्यसअघि नेक्सन इभी, टिगोर विद्युतीय मोटरमा सञ्चालन भैसकेका छन्।
एस–इभीको नेपाली बजार मूल्य २९ लाख ५० हजार रहेको छ। चार्डपर्वको समयमा २६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
सिप्रदी ट्रेडिङका प्रबन्ध निर्देशक सिदार्थ समसेर राणाले टाटा मोटर्सको कमर्सियल इभी अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक हुनेमा नेपाल पहिलो रहेको बताए।
सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा इभीको बजार बढ्दै गएको नाडा अटो शोले समेत पुष्टि गरेको बताए।
Shares

प्रतिक्रिया