ad ad

कारोबार


काठमाडौंबाट पोखरामा यतीको रात्रि उडान सुरू

काठमाडौंबाट पोखरामा यतीको रात्रि उडान सुरू

फाइल तस्बिर


नेपालखबर
भदौ ३१, २०८० आइतबार १७:४, काठमाडौँ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंबाट यती एयरलाइन्सले  रात्रिकालीन उडान (आईएफआर) सुरू गरेको छ।

यो उडान आइतबारबाटै लागु हुनेगरी कम्पनीले तालिका समेत बनाइसकेको छ। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै रात्रि  उडानको सुविधा थियो। तर  यतीले आइतबारदेखि लागु हुने गरि रात्रि उडान सुरु गर्न लागेको हो। 

रात्रि उडानका लागि यतीले काठमाडौंबाट साँझ ५:३० बजे उडान नम्बर एनवाईटी ६८३ र पोखराबाट साँझ ६:२० बजे उडान नम्बर एनवाईटी ६८४ मार्फत तालिका मिलाएको यतीका प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

'हाललाई साँझका लागि एउटा मात्रै उडान छ। यात्रुको माग अनुसार उडान संख्या थप हुँदै जानेछ', उनले भने।

आईएफआर उडान सुरु नहुँदा कहिलेकाहीँ साँझका उडान रद्ध हुने गरेका थिए। अब त्यो समस्या समेत हट्ने उनले बताए। पोखराका लागि यतीले दैनिक ६ वटा उडान गर्दै आएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .