ad ad

समाज


सुन प्रकरणमा प्रकाउ परेका ६ जना आज रिहा हुँदै

सुन प्रकरणमा प्रकाउ परेका ६ जना आज रिहा हुँदै

नेपालखबर
भदौ ३१, २०८० आइतबार १७:७, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद ६० किलो सुन प्रकरणमा पक्राउ परेका ६ जना रिहा हुने भएका छन्। प्रहरीले मुद्दा नचलाउन राय दिएका ६ जनालाई आज (आइतबार) रिहा गर्न लागिएको हो। 

छ जनालाई रिहा गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई सरकारी वकिल कार्यालयले पत्र लेखेको हो।

भन्सार अधिकृत पुष्पा जोशी, ट्याक्सी चालक अशोक लामा, राजन श्रेष्ठ, भन्सारका कर्मचारी श्रीधर टण्डन, कमल परियार र सुरेन्द्र तामाङ आज रिहा हुने भएका हुन्। 

उनीहरूविरुद्ध भने मुद्दा नचलाउन राय दिइएको थियो।

जिल्ला सरकारी वकिल कार्यालयले सीआईबीको प्रतिवेदन अध्ययन गरेसँगै उनीहरूलाई छाड्न लागिएको हो। 

प्रहरीले मुद्दा चलाउन राय नदिएको भन्सार एजेन्ट रुक्मिना सुब्बाविरुद्ध भने आइतबार नै मुद्दा दर्ता भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .