ad ad

कारोबार


विदेशी विनिमय सञ्चिति बढ्यो, १२.५ महिनाको वस्तु आयात धान्ने

विदेशी विनिमय सञ्चिति बढ्यो, १२.५ महिनाको वस्तु आयात धान्ने

नेपालखबर
भदौ ३१, २०८० आइतबार १६:५६, काठमाडौँ

आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना (साउन मसान्तस) सम्ममा विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले बढेको छ। साउन मसान्सम्ममा सञ्चिति २.२ प्रतिशतले बढेर १५७३ अर्ब १२ करोड पुगेको छ।

२०८० असार मसान्तमा विदेशी विनिमय सञ्चिति १५३९ अर्ब ३६ करोड रहेको थियो।

डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० साउन मसान्तमा १.२ प्रतिशतले वृद्धि भई ११ अर्ब ८५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३४५ अर्ब ७८ करोड रहेकोमा २०८० साउन मसान्तमा २.९ प्रतिशतले वृद्धि भई १३८५ अर्ब २४ करोड पुगेको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १९३ अर्ब ५९ करोड रहेकोमा २०८० साउन मसान्तमा २.९ प्रतिशतले कमी आई १८७ अर्ब ८९ करोड कायम भएको छ। २०८० साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.५ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .